Posts Tagged ‘wild animal’

काठमाडौं – ललितपुर प्रहरीले तीनवटा बयस्क मृग तस्करी गरिरहेको अवस्थामा फेला पारेको छ । महानगरीय प्रहरी वृत्त चाँपागाँउको टोलीले लललितपुरको कोन्ज्योसोम गाँउपालिकामा शिकार गरि काठमाडौं ल्याउदै गरेको अवस्थामा तीनवटा मरेका मृग बरामद गरेको हो ।
वृत्तका प्रमुख डिएसपी रविन्द्र रेग्मीका अनुसार भारदेउबाट लगनखेल तर्फ आईरहेको बा ४ ख ५३६४ नम्बरको बस चेकजाँचगर्नेक्रममा ती मृग फेला परेका हुन । टिकाभैरब चौंकीका प्रहरी सहायक निरीक्षकको टोलीले उक्त घटनामा सफलता पाएको हो ।
उनका अनुसार शिकार गरि मारेर टुक्रा–टुक्रा पारेको अवस्थामा तीनवटा बोरामा बरामद भएको हो । प्रहरीले बरामद मृग र गाडी चालकलाई जिल्ला बन कार्यालयमा बुझाउने तयारी गरेको छ ।
स्रोतका अनुसार काठमाडौं उपत्यकामा संचालित केही तारे होटल र रेष्टुरेन्टले बिशेष पाहुनाका लागि गोप्य रुपमा मृगको मासु पस्किरहेका छन । बरामद मृग समेत ती होटलका लागि नियमति तस्करी भै रहेपनि यसपटक प्रहरी फन्दामा परेको हो ।
ललितपुरका दक्षिणी क्षेत्रमा रहेको घना जंगलका बन्यजन्तु असुरक्षित रहेको आवाज उठेपनि संरक्षणमा उदासिनता देखाउदा तस्करी र अवैध शिकार बढेको हो ।