Posts Tagged ‘TIA’

काठमाडौं– अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको लगेजबाटै सामान हराउने र यदाकदा सिंगो लगेज हराउने बिषय केही समय अघिसम्म सामान्य थियो । त्यसैले होला जानेबुझेका यात्रुले लगेजमा भोटे ताल्चा लगाउथे । तर चोरीमा माहिर भएका लोडर कर्मचारीले अनेकन उपाय लगाएर सामान चोरी हाल्थे । अपजस सहनु परेको थियो प्रहरीले ।
विमानस्थलमा हुने चोरी रोक्न केही महिनाअघिबाट प्रहरीले वडीवर्म क्यामरा प्रयोगमा ल्याएपछि चोरीको समस्या कममात्र भएको छैन, चोरहरु समेत धमाधम पक्राउ पर्न थालेका छन । यसरी पक्राउपर्ने निजी कार्गो कम्पनीका कर्मचारी बढि छन ।
प्रहरीले बुधबार विहान यात्रुको लगेज फोरेर सामान चोरी रहेका तीनजनालाई पक्राउ गरेको छ । ओमन एयरमा सामान लोड गर्न गएका सुनगाभा सप्लायर्सका कर्मचारी बिमल केसी सहित तीनजनालाई प्रहरीले रंगेहात पक्रेको हो ।
विमानस्थल प्रहरीका अनुसार पक्राउ पर्नेमा बिमल केसी, विक्रम लामा र बिर्खराज बिक रहेका छन । पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी वृत्त गौशालाको जिम्मा लगाईको छ ।

Advertisements