Posts Tagged ‘ssp pushkar karki’

megha

KATHMANDU : प्रहरीले चर्चित मेघा बैंक ठगी प्रकरणमा उक्त बैंककै दुईजना ब्रान्च म्यानेजरको संलग्नता रहेको पुष्टि सहित अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले धादिङ्ग. स्थित मेगा बैंकका ब्रान्च मेनेजर राजेन्द्र पाण्डे र विगत ४ बर्ष देखि कान्तिपथ स्थित मेगा बैंकका ब्रान्च म्यानेजर शम्भु बहादुर थापाको योजना अनुसार ठगी भएको अनुसन्धानमा खुलासा गरेको हो । प्रहरीले थापा सहित घटनामा संलग्न शिक्षण पेशामा रहेका प्रविण पाण्डे र प्रदिप पाण्डेलाई पक्राउ गरेको हो । घटनाका मुख्य योजनाकार तथा कार्यन्वयनकर्ता पाण्डे भने फरार रहेका छन । चर्चित तथा बैंकिङ सेलिब्रेटी अनिल शाह मुख्य भुमिका रहेको मेघा बैंककै कर्मचारीको मुख्य योजना र भुमिकामा ठगी काण्ड भएको हो । घटना लगत्तै टुरिज्म बैंकका अधिकारीलाई नै दोषी देखाएर आफु पानी माथिको ओभानो हुन खोजेको मेघा बैंक प्रहरी अनुसन्धान पछि चुपचाप रहेको छ । महाशाखा प्रमुख पुष्कर कार्कीले बित्तिय अपराध अनुसन्धानमा प्रहरीले सफल अनुसन्धान गरेको बताए ।

megha b

ठगी प्रकरण
घटना बिवरण :
टुरिज्म डभलपमेन्ट बैंक लिमिटेडकोे मेगा बैकमा रहेको खाता नं. ००१००६०३५८३८६ बाट मिति २०७०।१०।१२ गते मेगा बैकको नयाँ सडक शाखाबाट रु ९,९०,०००।– (नौ लाख नब्बे हजार रुपैया) र मिति २०७०।१०।१३ गते राष्ट्रिय वाणिज्य बैंक भोटाहिटी शाखाबाट रु २,००,००,०००।– (दुई करोड रुपैया) चेक क्लियरिङको माध्यमबाट गरी जम्मा रु २०९,९०,००० (दुई करोड नौ लाख नब्बे हजार) ठगी भएको ।

बैंकिङ्ग कसुर तथा ठगी कसरी भयो ?
२०७०।८।९ गते मेगा बैंक कान्तिपथ शाखाबाट अनाधिकृत ढंगबाट टुरिज्म डभलपमेन्ट बैंक लिमिटेडको नामको १० थान चेक जारी गरिएको
चेक जारी गर्दा चेक रिक्वजेसन फर्ममा प्रयोग भएको टुरिज्म डभलपमेन्ट बैंक लिमिटेडको छाप, बैंकले प्रदान गरेको खातावालाको दस्तखत नमुना नियमानुसार सनाखत नगरिएको । सम्बन्धित कर्मचारीले चेक रिक्वजेसन फर्म भेरिफाई नगरेको साथै उक्त फर्ममा दस्तखत समेत नगरेको ।
तत्कालीन अवस्थामा चेक लिन आउने ब्यक्ति अल्फा बिटा कलेजको स्टुडेन्ट परिचयपत्र लिई आएका हाल खुल्न आएको प्रविण पाण्डे भएको । साथै निज प्रविण पाण्डे तत्कालिन मेगा बैंक शाखा कार्यालय धादिङका मेनेजर राजेन्द्र पाण्डेका सहोदर भाई भएको ।
चेक रिक्वजेसन फर्म रजत तोदीको नामको भएको तर चेक बुझिलिंदा राकेश सिलवालको नक्कली परिचयपत्र र नाम राखि राकेश सिलवाल लेखि दस्तखत गरी चेक बुझि लगेको ।
प्रविण पाण्डेलाई उक्त चेक रिक्वजेसन फर्म निजका दाजु राजेन्द्र पाण्डेले उपलब्ध गराएकोमा कस्टमर सर्विस सेन्टरका कर्मचारीले उक्त फर्म माथी शंका लागी चेक इस्यु गर्न आनाकानी गर्दा उक्त बैंकका मेनेजर शम्भु बहादुर थापाले निज कर्मचारीलाई आदेश दिए पश्चात इस्यु भएकोे खुल्न आएको ।
मिति २०७०।०९।०९ गते रा.वा.बैंक शाखा कार्यालय टेकुमा रजत तोदीको नामबाट १७०००१२६३८१० नं. को खाता खोलिएको तथा उक्त खाता खोल्दा पेश गरिएका कागजातहरु नक्कली रहेको पाईएको । उक्त खाता हाल फरार राजेन्द्र पाण्डेले खोलेको भन्ने खुल्न आएको । रा.वा.बैंक शाखा कार्यालय टेकुको सिसिटिभी फुटेजबाट समेत उक्त कुरा पुष्ट्याँई हुन आएको ।
मिति २०७०।१०।१२ गते रा.वा.बैंक शाखा कार्यालय भोटाहिटीमा संजय ढकालको नामबाट खाता नं १३६००३०७५२१० खोलिएको तथा उक्त खाता खोल्दा पेश गरिएका सम्पुर्ण कागजातहरु नक्कली रहेको पाईएको । उक्त खाता प्रविण पाण्डेले खोलेको भन्ने खुल्न आएको
मिति २०७०।१०।१२ गते संजय ढकालको नामबाट प्रविण पाण्डेले मेगा बैंकको न्युरोड शाखाबाट टुरिज्म बैंकका तत्कालिन २ जना सिईओ मनोज खड्का र मोहन प्रसाद पाण्डेकोे दस्तखत गरि रु. ९ लाख ९० हजार भुक्तानी लिएको ।
मिति २०७०।१०।१३ गते प्रविण पाण्डेले संजय ढकालको रा.बा.बैक भोटाहीटी शाखाको खातामा चेक क्लिएरिङ्गको माध्यमबाट रु. २०००००००। (दुई करोड) जम्मा गरेको ।
सबिना खनालको नाममा रा.बा.बैंक महाराजगंज शाखाबाट रु ३५ लाख काटीएको जस मध्ये रु ४ लाखको भुत्तानी लिई बाकी ३१ लाख रजत तोदीको नाममा ट्रान्सफर गरीएको र आयुष झाको नाममा रु ३५ लाख काटीएको जसमध्ये रु ५ लाखको भुत्तानी लिई बाकी ३० लाख रजत तोदीको नाममा ट्रान्सफर गरीएको । उक्त रकम भुक्तानी लिदा पेश गरेको राम प्रसाद वम्जन, एक बहादुर थापाको नामको नागरिकताको प्रतिलिपी अनाधिकृत रुपमा प्रयोग भएको पाईएको ।
बिभिन्न मितिमा बिभिन्न ब्यक्तिहरुको नामबाट संजय ढकालको नाममा काटिएको राष्ट्रिय बाणिज्य बैंकको चेकबाट जम्मा रु. १ करोड ४१ लाख ९० हजार रकम निकाल्न सफल भएको । रा.बा.बैक महाराजगन्ज शाखाबाट मिति २०७०।१०।१९ र २० गते क्रमशः रु ३०,००,०००।– (तीस लाख) र रु ३१,००,०००।– (एकतीस लाख) गरी जम्मा रु ६१,०१,०००।–(एकसठृी लाख एक हजार) रजत तोदीको खाता नं. १७००१२६३८१० जम्मा भएको र हाल सम्म पनि उक्त रकमको भुक्तानी लिन कोही ब्यक्ती नआएको ।
सन्जय ढकालको खाता न. १३६००३०७५२१० मा रु ७,०१,०००।–(सातलाख एकहजार) मौज्दात रहेको ।
संजय ढकालको नाममा रा.बा.बैंक भोटाहिटीशाखामा खाता खोल्दा खातावालाको नाम संजय ढकाल, बुुबाको नाम श्यामकृष्ण ढकाल, ना.प्र.नं. ६२५२३, ठेगाना ठमेल १६ काठमाण्डौ लेखिएकोमा उक्त नाम र नागरीकता नम्वर मिल्ने ब्यक्ति सौरपानी ३, गोरखाको रहेको तथा निजको नाम समेत संजय ढकाल तथा ना.प्र.नं. ६२५२३ भएकोे खुल्न आएको ।
निज संजय ढकालको मेगा बैंक कान्तिपथमा खाता रहेको भन्ने खुल्न आएको ।
रजत तोदीको नाममा रा.बा.बैंक, शाखा कार्यालय टेकुमा खाता खोल्दाको बखत खातावालाको नाम रजत तोदी, बुवा रतन तोदी, ना.प्र.नं. ७४३३७, ठेगाना जि.मोरङ बिराटनगर उ.न.पा. ६ लेखिएकोमा उक्त नाम र नागरीकता नम्वर मिल्ने ब्यक्ति नाम रजत तोदी, ना.प्र.नं. ७४३३७, ठेगाना जि.मोरङ बिराटनगर उ.न.पा. ६, बुवाको नाम रमेश कुमार तोदी भन्ने खुल्न आएको ।
निज रजत तोदीको समेत बिराटनगर स्थित मेगा बैंकमा खाता रहेको खुल्न आएको ।
काम बिशेषले यस महाशाखाका प्रहरी अधिकृत बैंककमा पुग्दा निज संजय ढकालको वारेमा बुझ्दा निजले आफ्नै च्भउयचतभम यिकत तचबखभ िमयअगmभलत प्रयोग गरेको भन्ने बुझिएको र सोहि आधारमा थाईल्याण्डको क्ष्mmष्नचबतष्यल बअत, कभअतष्यल ज्ञद्द अनुसार त्यस्तो किसिमको म्यअगmभलत भएको ब्यक्ति थाईल्याण्डमा बस्न नदिने ब्यवस्था अनुसार म्भउयचत गरेकोले निजलाई त्रिभुवन बिमानस्थलबाट पक्राउ गरि अनुसन्धानको लागि यस कार्यालयमा ल्याईएको ।
निजलाई यस महाशाखामा ल्याई थप अनुसन्धान गर्दा उक्त ठगि कार्यमा निजको संलग्नता नभई मेगा बैंककै अन्य कर्मचारीको संलग्नता हुनसक्ने बलियो आधारका साथ थप अनुसन्धान गर्दा राष्ट्रिय बाणिज्य बैंक टेकु शाखाको ऋऋत्ख् ँययतबनभ मा देखिएको ब्यक्तिवारे थप गहन अनुसन्धान थालिएको ।
राष्ट्रिय बाणिज्य बैंक टेकु शाखाको सिसिटिभी फुटेजमा देखिएको ब्यक्ति धादिङ्ग स्थित मेगा वैंकको तत्कालिन मेनेजर राजेन्द्र पाण्डे भएको खुल्न आएको ।
अभियुक्तहरु राजेन्द्र पाण्डे, प्रविण पाण्डे र प्रदिप पाण्डेको संलग्नता
राजेन्द्र पाण्डे उक्त ठगि घटनाको मुख्य योजनाकार रहेको ।
राजेन्द्र पाण्डे उक्त रा.बा.बैंक टेकुमा रजत तोदीको नाममा खाता खोल्न गएकोमा उक्त बैंकमा रहेको सिसिटिभी फुटेजमा देखिएको निजको हिंडाई तथा हुलियाको आधारमा निजको पहिचान गरिएको ।
खाता खोलिएको मिति २०७०।०९।९ गते राजेन्द्र पाण्डे बिदामा बसेको खुल्न आएको ।
राजेन्द्र पाण्डेले घटनाको करिव १ महिना पछाडीनै क्यानडा जाने बताई बैंकबाट राजिनामा दिएकोे ।
पक्राउ अभियुक्त प्रविण पाण्डेका अनुसार सम्पुर्ण कुराको ब्यवस्थापन राजेन्द्र, प्रविण र शम्भु थापा मिलि गरेको, राजेन्द्र पाण्डेले मेगा बैंकका खातावालाहरुको विवरण प्रविण पाण्डेलाई उपलब्ध गराएको, सोही विवरण प्रयोग गरि निज प्रविण पाण्डेले नक्कली कागजातहरु तयार गरेको ।
रा.बा.बैंक भोटाहिटी शाखा र मेगा बैंक न्यूरोड शाखाबाट रकम निकाल्न प्रविण पाण्डे र प्रदिप पाण्डे गएको । बैंकबाट निकालिएको रकम धादिङ स्थित घरमा लुकाई राख्नको लागि प्रदिप पाण्डेले भाई प्रविण पाण्डेलाई मो.सा. मा राखि कलंकीसम्म पुर्याएको ।
रकम निकालीसके पछि काठमाण्डौ, गोंगबु स्थित प्रविणको डेरामा र धादिङ स्थित घरमा लगि लुकाएको ।
धादिङ स्थित मेगा बैंक शाखाका मेनेजर राजेन्द्र पाण्डे र निजको भाई प्रविण पाण्डेको कान्तिपथ शाखाका मेनेजर शम्भु बहादुर थापासंग राम्रो सम्बन्ध रहेको ।
प्रविण पाण्डेले ल्याएको रजत तोदीको नामको टुरिज्म बैंककोको चेक रिक्वजिसन फर्मलाइ भेरिफाई नगरी अनलाईन अथोराईज गरेको ।
अभियुक्त शम्भु बहादुर थापाको संलग्नता

प्रविण पाण्डेलाई उक्त रजत तोदीको नामकोे चेक रिक्वजिसन फर्म निजका दाजु राजेन्द्र पाण्डेले उपलब्ध गराएकोमा कस्टमर सर्विस सेन्टरका कर्मचारीले उक्त फर्म माथी शंका लागी इस्यु गर्न आनाकानी गर्दा उक्त बैंकका मेनेजर शम्भु बहादुर थापाले निज कर्मचारीलाई इस्यु गर्न आदेश दिए पश्चात प्रविण पाण्डेलाई चेक इस्यु भएकोे खुल्न आएको ।
रा.बा.बैंक टेकु शाखाबाट प्राप्त भएको सिसिटिभी फुटेजमा देखा परेका व्यक्ति (राजेन्द्र पाण्डे) शम्भु ब. थापालाई तत्काल देखाउदा निजले आफुले चिन्दिन भनेको ।

Advertisements

 

KATHMANDU : मानव अधिकार हनन गरेको र थुनुवा कक्षमा यातना दिएको भन्दै बिदेशी संघसंसथाले भेटिङमा राखेको महानगरीय प्रहरी परिसर हनुमानढोकामा कार्यभार सम्हालेकै अर्को दिन राष्ट्रिय मानव अधिकार अयोगका आयुक्त छड्केमा पुगेछन ।10396283_844433528924163_2330258868109822172_n

परिसरको थुनुवा कक्ष हेर्न यसअघिका गृहमन्त्री , प्रहरी महानिरीक्षक र मानव अधिकारवादी संघसस्थाका प्रतिनिधी पनि नपुगेका होइन्न ।तर थुनुवा कक्षमा कुनै सुधार आएको पर्दाफासलाई थाह छैन । अझ परिसरमा रहेको महिला थुनुवा कक्षको त अवस्था बयान गर्ने नसक्ने छ । हेरौ यसपटक शक्तिशाली र पूर्ण मानव अधिकार आयोगको अनुगमनले केही फरक पार्ला कि ?
अचम्म त आयोगका सदस्यले थुनुवा कक्ष अन्यत्र सार्न कारागार ब्यवस्था विभागलाई समेत जानकरी दिने बताएछन । प्रहरी हिरासतमा अदालत पुग्नु अघिका आरोपी मात्र राखिन्छन । जहाँसम्म कारागारको कुनै संलग्नता रहदैन । हेरौ आयोगले पठाएको समाचार प्रेस बिज्ञप्ती जस्ताको त्यस्तै ।

10678743_844433465590836_6248368952092258022_n

राष्ट्रिय मानव अधिकार आयोगका नवनियुक्त सदस्यहरू प्रकाश वस्ती र गोविन्द शर्मा पौड्याल तथा आयोगका अधिकृतहरू सम्मिलित एक टोलीले महानगरीय प्रहरी परिसर हनुमान ढोकास्थित हिरासत कक्षको मंगलबार आकस्मिक अनुगमन गरेको छ ।
अनुगमन टोलीले थुनुवा कक्षको भौतिक अवस्था, सुरक्षाकर्मीहरू बस्ने ब्यारेक, क्यान्टिनलगायतका स्थानहरूको निरीक्षण ग¥यो ।
अनगमन पछि सदस्यद्वय वस्ती र पौड्यालले थुनुवा कक्ष अत्यन्य जीर्ण अवस्थामा पाइएको प्रतिक्रिया दिँदै त्यसलाई अन्यत्र स्थानान्तरण गर्न गृह मन्त्रालय, कारागार व्यवास्थापन विभाग, प्रहरी प्रधान कार्यालय तथा काठमाडौं महानगरपालिका समेतको ध्यानाकर्षण गराउने जानकारी दिनुभयो । यसैगरी उहाँहरूले थुनुवा कक्षलगायतका स्थानहरूको अवस्था सुधार गर्न, अपराध अनुसन्धानमा वैज्ञानिक पद्धति अपनाउन र मानव अधिकारप्रति सम्वेदनशील रहन पनि निर्देशन दिनुभयो ।

nhrc @ range ktm
सो अवसरमा अनुगमन टोलीसँंग कुराकनी गर्दै वरिष्ठ प्रहरी उपपरीक्षकद्वय उत्तमकुमार कार्की र पुष्कर कार्कीले मानव अधिकारको विषयमा आपूmहरू सचेत र सम्वेदनशील रहेको धारणा राख्नुभयो । उहाँहरूले आफुहरू मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।
‘राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८’ को दफा ४ ले आयोगको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरेको छ । सो ऐनको दफा ४ (क) मा ‘मानव अधिकारको संरक्षणका लागि कारागार, नेपाल सरकारका अन्य निकाय, सार्वजनिक संस्था वा निजी संस्था वा अन्य कुनै ठाउँको निरीक्षण तथा अनुगमन गर्ने, गराउने र मानव अधिकारको संरक्षणको लागि त्यस्ता निकाय, संस्था वा ठाउँमा गर्नुपर्ने सुधारका सम्बन्धमा सम्बन्धित निकायलाई आवश्यक सुझाव वा निर्देशन दिने’ उल्लिखित छ ।
यसैगरी ‘नेपालको अन्तरिम संविधान, २०६३’ को धारा १३२ मा राष्ट्रिय मानव अधिकार आयोगको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ ।