Posts Tagged ‘SSP Dibesh Lohani’

 

काठमाडौं– अमेरिका जाने सजिलो र सुरक्षित अवसर मानिने डिभी लोटरी परेका दुईजना युवा नक्कली कागजपत्रको भरपर्दा अमेरिका त जान पाएन्न, श्रृण काढेको नगद समेत गुमाएर अहिले प्रहरी कार्यालयको हिरासतमा पुगेका छन।
सन २०१७ का लागि डिभी लोटरी परेका रुद्रबहादुर मोक्तान र सन २०१८ डिभी लोटरी परेका भुवानी प्रसाद भट्टराई नक्कली कागजपत्र बनाएर अमेरिका उडने सपना त सपना नै रहयो । अहिले उनी आफुले गरेको गल्तीको प्रायश्चित गर्दै आफुले दिएको पैसा समेत गुमाएर प्रहरी हिरासतमा पुगेका छन ।
अमेरिकाको डिर्पाटमेन्ट अफ स्टेटले प्लस टु पास गरेको युवा युवतीको योग्यतालाईमात्र आधार मानेर हरेर वर्ष डिभी लोटरी खोल्ने गर्छ । प्लस टु पास नभएका रुद्रबहादुर र भुवानीप्रसादले समेत डिभी भरेका थिए । उनको भाग्य बलियो डिभी त प¥यो । तर साथमा प्लस टु पासको सर्टिफिकेट थिएन ।
भुवानीप्रसादले सन्तोष तिवारीसँग सर्टिफिकेट बनाउनको लागी सम्पर्क गर्छन। रुद्रबहादुरले सर्टिफिकेट बनाईदिन देवराज तामाङसँग सम्पर्क गर्छन । देवराजले साढे तीनलाखमा सर्टिफिकेट बनाउने ठेक्का लिन्छन । सन्तोष तिवारीले नक्कली सर्टिफिकेट बनाउनको लागी भुवानीप्रसाद र अभय पोख्रेलको भेट गराई ९० हजारमा डिल भई सर्टिफिकेट बनाई लेनदेन कारोबार हुन्छ । अभय पोख्रेल किर्तेमा बदनाम र कुख्यात पटके थिए । उनी २०६९ मंसिर १३ मो सरकारी छाप दस्तखत किर्ते मुद्दामा पक्राउ परी कारवाही भोगेका थिए।
यता देवराजले सर्टिफिकेटका लागि सेक्योर्ड लाइफ कन्स्लटेन्सीमामा काम गर्ने अनिल श्रेष्ठलाई सर्टिफिकेट बनाउनको लागी सम्पर्क गर्छन । यसका लागि ४५ हजार श्रेष्ठलाई भुक्तान हुन्छ ।
यसपछि श्रेष्ठले ३० हजारमा सत्य बिनायक कम्युनिकेशन संचालक बिशालजंग शाहीलाई सर्टिफिकेट बनाउने जिम्मा दिन्छन । र बिशालले पनि सुरेश शाहीलाई १२ हजारमा सर्टिफिकेट बनाउन दिएको जिम्मेबारी पुरा नहुदै प्रहरीले घटनामा संलग्न ८ जनालाई पक्रेको हो ।
महानगरीय अपराध महाशाखाले पक्राउ परेको गिरोहले विदेश जाने युवायुवतीका लागि आवश्यक शैक्षिक प्रमाणपत्र नक्कली बनाउने गरेको जनाएको छ । महाशाखाले प्लस टु को माइग्रेसन, एसएलसीको मार्कसिट बिएडको मार्कसिट, नेपाली नागरिकताजस्ता नक्कली कागजपत्र बरामद गरेको छ ।
महाशाखाले कथित पीडित रुद्रबहादर मोक्तान र भुवानीप्रसाद सहित अन्य ६ जनालाई पक्रेर किर्ते मुद्दामा कारवाही थालेको हो। पक्राउपर्ने अन्यमा बिशाल जंग शाही, सुरेसबहादुर शाही,अभय पोख्रेल, अनिल श्रेष्ठ, देवराज तामाङ र सन्तोष कुमार तिवारी रहेका छन।

Advertisements

काठमाडाैं : प्रहरीले बुधबार एकजना १७ वर्षे युवालाइ पक्राउ गर्याे । उनीमाथि अाराेप ६ चाेरीकाे ।
महानगरीय अपराध महाशाखाले पक्राउ गरेका १७ वर्षे असाेक भन्ने अभिषेक माेक्तानले उपत्यकाका अाधा दर्जन पसलकाे सटर फाेडेर चाेरी गरेका थिए । रातकाे समयमा सटर फाेडेर चाेरी गर्ने अभिषेककाे निशानामा उपत्यकाका बिभिन्न मोवाईल तथा ईलोक्ट्रोनिक्स पसलहरु परेका छन । उनले प्रारम्भीक अनुसन्धानमा ३० लाख भन्दा बढि रूपैयाँ बराबरकाे माेबाइल र ल्यापटप चाेरेका छन ।
महाशाखाले अभिषेक सहित चाेरीका सामान खरिद गरेर उनकाे अपराध कर्मलाइ प्राेत्साहन दिने तीनजनालाइ समेत पक्रेकाे छ । पक्राउ अाराेपीका साथबाट १७ थान माेबाइल र ७० हजार रूपैयाँ नगद समेत बरामद भएकाे महाशाखाले जनाएकाे छ ।
अभिषेकले असाेज २८ मा तिनचुली बौद्दस्थित भरत चौलागाईले संचालन गरेको एस ईलोक्ट्रोनिक्स पसलबाट पसलको सटर फोडी नगद तथा बिभिन्न ब्राण्डका मोवाईल, ल्यापटप समेत गरि २७ लाख ७१ हजार बराबरकाे धनमाल चाेरेकाे खुलेकाे महाशाखाले जनाएकाे छ ।
यस्तै ललितपुर गोदावरी नगरपालिका वडा न ११ स्थित राम पुरकोटीले संचालन गरेको मोवाईल पसलबाट बिभिन्न ब्राण्डका जम्मा ८४ थान मोवाईल र २ थान ल्याप टप समेत चोरी गरेका थिए।
तीनिदन अघिमात्र अभिषेकले ललितपुर ईमाडोल चोक स्थित राम हरि थापाले संचालन गरेको न्यु राज डिजिटल हाेमबाट बिभिन्न ब्राण्डका मोवाईल तथा ईलोक्ट्रोनिक्स सामान समेत दुइलाख बराबर चाेरी गरेका थिए । यस्तै
भगवति स्थानस्थित कुमार नेपालीले संचालन गरेको मोवाईल पसलबाट बिभिन्न ब्राण्डका ८७ तथा बिभिन्न कंपनी का घडी १६० थान समेत चाेरेका अभिषेक प्रहरी फन्दामा परेका हुन ।
महाशाखाले अभिषेक सहित उनका सहयाेगी सानु ब्लाेन र चाेरीका सामाग्री खरिद गर्ने गाेपाल राइलाइ चाेरी मुद्दामा कारवाही अघि बढाउन महानगरीय प्रहरी परिसर काठमाडाैं पठाएकाे छ ।