Posts Tagged ‘Pankaj Shrestha’

काठमाडाैं– प्रहरी नायब महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षकमा बढुवा भएका चारजना डिअाइजीकाे काँधमा अहिले केहीबेरमा एउटा तारा थपिदैछ ।
प्रहरी प्रधान कार्यालयमा अहिले १० बजे प्रहरी महानिरीक्षक प्रकाश अर्यालले बढुवा भएका चारजना डिअाइजीलाइ दर्ज्यानी चिन्ह लगाइिदने कार्यक्रम रहेकाे छ ।
सरकारकाे कार्तिक २८ काे मन्त्रीपरिषदकाे बैठकले दुईजना प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी थप्दै चारजना नायब महानिरीक्षकलाई बढुवा सिफारिस गरेकाे हाे ।
प्रहरी नायव महानिरीक्षकहरु हेमन्त बहादुर पाल, मधु प्रसाद पुडासैनी,माधव प्रसाद नेपाल र पंकज श्रेष्ठ प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस भएका थिए।
सरकारकाे मंसिर ४ काे निर्णयले उनीहरूकाे बढुवा सिफारिस सदरगर्दै चारै जनालाइ बढुवा र पदस्थापन गरेकाे हाे ।
नेपाल प्रहरीमा २०४४ चैत्र २९ मा सेवा प्रवेश गरेको यो समुह पुडासैनी, श्रेष्ठ र नेपाल २०७१ असोज ६ मा डिआइजीमा बढुवा भएको थियो । पाल भने २०७१ माघ २ मा डिआइजीमा बढुवा भएका थिए ।

Advertisements

काठमाडौं– अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको लगेजबाटै सामान हराउने र यदाकदा सिंगो लगेज हराउने बिषय केही समय अघिसम्म सामान्य थियो । त्यसैले होला जानेबुझेका यात्रुले लगेजमा भोटे ताल्चा लगाउथे । तर चोरीमा माहिर भएका लोडर कर्मचारीले अनेकन उपाय लगाएर सामान चोरी हाल्थे । अपजस सहनु परेको थियो प्रहरीले ।
विमानस्थलमा हुने चोरी रोक्न केही महिनाअघिबाट प्रहरीले वडीवर्म क्यामरा प्रयोगमा ल्याएपछि चोरीको समस्या कममात्र भएको छैन, चोरहरु समेत धमाधम पक्राउ पर्न थालेका छन । यसरी पक्राउपर्ने निजी कार्गो कम्पनीका कर्मचारी बढि छन ।
प्रहरीले बुधबार विहान यात्रुको लगेज फोरेर सामान चोरी रहेका तीनजनालाई पक्राउ गरेको छ । ओमन एयरमा सामान लोड गर्न गएका सुनगाभा सप्लायर्सका कर्मचारी बिमल केसी सहित तीनजनालाई प्रहरीले रंगेहात पक्रेको हो ।
विमानस्थल प्रहरीका अनुसार पक्राउ पर्नेमा बिमल केसी, विक्रम लामा र बिर्खराज बिक रहेका छन । पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी वृत्त गौशालाको जिम्मा लगाईको छ ।

  • सरकारले थप्याे  दुइ एअाइजीकाे दरबन्दी
  • प्रदेशपछि महानगरमा समेत एअाइजी राख्ने तयारी
  • मधु पुडासैनी, पंकज श्रेष्ठ, माधवप्रसाद नेपाल र हेमन्त पाल बढुवाका प्रत्यासी

काठमाडाैं– सरकारले दुईजना प्रहरी अतिरिक्त महानिरीक्षकको सोमबार दरबन्दी थप्दै चारजना नायब महानिरीक्षकलाई बढुवाको तयारी थालेको छ । विश्वस्त स्रोतका अनुसार सोमबार बसेको मन्त्रीपरिषदले राजनीतिक भागबण्डा मिलाउन थप दुई एआइजीको दरबन्दी थपेको हो । हाल नेपाल प्रहरीमा १२ जना एआइजी कार्यरत रहेका छन ।
प्रहरीको संघिय संरचना अनुसार सातजना एआइजी सातवटा प्रदेशमा खटिने छन । प्रहरी प्रधान कार्यालयमा रहेको कार्य, मानव स्रोत, प्रशासन, अपराध अनुसन्धान विभागमा एआइजीको दरबन्दी छ । यस्तै प्रहरी प्रशिक्षण प्रतिष्ठान र महानगरीय प्रहरीमा समेत एआइजीको दरबन्दी रहेको छ ।
प्रहरी प्रधान कार्यालयले थप गरिएको दरबन्दीसँगै एआईजीको सख्या १६ पुग्ने जनाएको छ।
बढुवाका मुख्य प्रत्यासीमा डिआइजी मधुप्रसाद पुडासैनी, पकंज श्रेष्ठ,माधवप्रसाद नेपाल र हेमन्त पाल रहेका छन । अघिल्लो बढुवामा बरियतामा अघि रहेपनि चारैजनाभन्दा बरियतामा तल रहेका डिआइजीको बढुवा भएको थियो ।
नेपाल प्रहरीमा २०४४ चैत्र २९ मा सेवा प्रवेश गरेको यो समुह पुडासैनी, श्रेष्ठ र नेपाल २०७१ असोज ६ मा डिआइजीमा बढुवा भएको थियो । पाल भने २०७१ माघ २ मा डिआइजीमा बढुवा भएका थिए ।