Posts Tagged ‘Norvic Business College’

काठमाडौं– प्रहरीले नर्भिक विजनेस कलेजमा चोरी गरेको आरोपमा कलेजकै पूर्व कर्मचारीलाई पक्रेको छ । उनले चोरी गरिरहेको सिसिटिभी फुटेजका आधारमा ती कर्मचारीलाई नियन्त्रणमा लिएको जनाएको छ। चौधरी समुहका वषन्त चौधरी कलेजका संचालक हुन।

काठमाडौं महानगरपालिका–१ हात्तीसारस्थित नर्भिक विजनेस कलेजबाट नगद १ लाख ८५ हजार रुपैयाँ चोरी गरेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने जुम्लाको चन्दननाथ नगरपालिका–८ का १८ वर्षीय हिक्मत रोकायालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
कलेजको काउन्सिलिङ कोठाको टेवलको घर्रामा राखेको उक्त नगद ढोका फोडेर बुधबार राति चोरी भएपछि अनुसन्धानमा खटिएको प्रहरीले सोही कलेजमा केही दिन अगाडि काम गरी छोडी गएका रोकायालाई कलेजको सिसिटिभी फुटेजको आधारमा नियन्त्रणमा लिएको हो ।
प्रहरीले यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।