Posts Tagged ‘Nepal Election 2017’

काठमाडौं–प्रहरी महानिरीक्षक प्रकाश अर्यालको सोमबार प्रहरी मुख्यालयमा बेग्लै रुप र ब्यवहार देखेर उनी निकट प्रहरी अधिकारी समेत तर्सिए । निर्वाचन सुरक्षा सहित विविध बिषयमा प्रहरी अधिकारी ब्रिफिङका लागि महानिरीक्षक सचिवालयले बोलाएको थियो । सबै समयमै मुख्यालय पुगे ।
निर्वाचन सुरक्षाका बिषयमा आफु मातहतका अधिकारीलाई सुरक्षा ब्यवस्था चुस्त दुरुस्त राख्न निर्देशन दिदैं आवश्यक साथ र सहयोगका लागि प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले पूर्ण सहयोग गर्ने बताएपछि सबैले अब चिफ सापको ब्रिफिङ सकिएको ठाने । तर बोल्दा बोल्दै एकाएक महानिरीक्षक अर्याल जंगिए ।
‘आफुले काम के ग¥यो भन्दा बताउन नसक्ने, सरुवा र बढुवामा आफुलाई अब्बल भन्दै हिडने’ अर्यालको भनाई उद्दृतगर्दै ब्रिफिङमा सहभागी एक अधिकारीले भने । महानिरीक्षक अर्यालले थपे ‘काम छैन, प्रहरीमा गुटबन्दी ग¥यो, नचाहिने अफवाह फैलायो अनि आईजीपी परिवर्तन गर्ने भन्दै हिडनेको रेर्कड छ, कानुन अनुसार कारवाही थालौं’ । ती अधिकारीले पर्दाफासलाइ भने ।
प्रहरी महानिरीक्षक अर्याल कम बोल्ने तर बोल्दा हाँसेर बोल्ने सहनशील अधिकारीका रुपमा परिचित छन । तर सोमबार उनको यो रुप देखेपछि धेरै प्रहरी अधिकारी भन्दै थिए ‘आइजीपी साप त कडा पो रहेछन, अफवाह गर्नेको अब खैरियत भएन’।

Advertisements

रक्षा सचिव बिनाेद केसी र प्रधानसेनापति रानेन्द्र क्षत्री जंगी अड्डामा छलफल गर्दै ।
साैजन्य : नेपाली सेना

काठमाडौं– नेपाली सेनाले आसन्न प्रतिनिधी र प्रदेश सभा निर्वाचनका बिषयमा रक्षा सचिवलाई जानकारी गराएको छ । सेनाले विहीबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा रक्षा सचिव विनोद केसीले निर्वाचन सुरक्षाका चुनौती र सेनाको तयारीका बिषयमा जानकारी गराएको हो ।
रक्षा सचिव केसीलाई सेनाको अप्रेसन र बन्दोबस्ती हेर्ने रथीहरुले निर्वाचन सुरक्षा, आइपर्ने सम्भावित चुनौती र सेनाको कार्ययोजनाका बिषयमा जानकारी गराएको हो ।
सेनाको ब्रिफिङ अघि प्रधानसेनापति राजेन्द्र क्षत्री र सचिव केसीबिच बेग्लै छलफल भएको थियो । दुई चरणमा सम्पन्न हुने निर्वाचनको बाहिरी घेरामा सेनाले सुरक्षा दिने छ । यस्तै निर्वाचन सामाग्रीको ढुवानी र सुरक्षाको जिम्मेबारी समेत सेनाले लिएको छ । निर्वाचनपछि मतदान स्थल र मतपेटिकालाई सुरक्षित रुपमा मतगणना स्थलसम्म पु¥याउने जिम्मेबारी सेनाले पाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रक्षा सचिव के.सी. र प्रधानसेनापति क्षत्रीबिच हाल देशको बिद्यमान परिस्थिति र नेपाली सेना सम्बन्धी विविध बिषयहरुमा छलफल भएको थियो ।