Posts Tagged ‘nepal army’

काठमाडौं– नेपाली सेनाले विश्वभरका ५ हजार धावकहरुलाई उछिन्दै दौडमा स्वर्ण पदक हात पारेको छ ।
हङकङको साइ कुङ देखि टुइन मुनसम्म अक्सफाम इन्टरनेशनलले शुक्रबार आयोजना गरेको १०० किलोमिटर ट्रेल रेस प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक दिलाएको हो ।

नेपालको प्रतिनिधित्व गर्दै नेपाली सेनाका जमदार. पूर्ण कुमार तामाङको नेतृत्वमा सहभागी भएका त्रिभुवन आर्मी क्लबका ४ जना अल्ट्रा धावकहरुले १२ घण्टा १ मिनेटको समयमा उक्त दुरी पार गरी स्वर्ण पदक प्राप्त गर्न सफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार हङकङको निकै प्रख्यात मानिने उक्त रेस प्रतियोगितामा विभिन्न देशका ५ हजार धावकहरुको सहभागिता रहेको थियो । सो प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका जमदार पूर्ण कुमार तामाङ सहित सुवेदार समिर तामाङ, जमदार तिर्थ तामाङ र जमदार वेद सुनुवारले सहभागिता जनाएका थिए ।

Advertisements

काठमाडौं–नेपाली सेनाकाे बलाध्यक्षमा रथी हेमन्तराज कुँवरलाई पदस्थापन गरिएको छ ।

सेनामा प्रधानसेनापतिको दोस्रो कमाण्डको जिम्मेबारी बढुवासँगै कुँवरले पाएका हुन। नेपाल सरकार, मन्त्रिपरिषद्को सोमबारको बैठकले सैनिक युद्धकार्य महानिर्देशक रहेका उपरथी कुँवरलाई रथीमा बढुवागर्ने निर्णय गरेको थियो।

बढुवा भएका कुँवरलाई बिहीबार प्रधानसेनापति राजेन्द्र क्षत्रीले बिशेष समारोहकाबिच दज्र्यानी चिन्ह प्रदान गरेका थिए ।बलाध्यक्ष रहेका रथी बलदेवराज महत अनिवार्य अवकाश भएपछि उक्त पद रिक्त रहेको थियो ।

सेनामा प्रधानसेनापती पछि बलाधीकृत र बलाध्यक्ष रथी रहने ब्यवस्था रहेको छ । रथी कुँवरअघि सेनाको बलाधिकृतको कमाण्ड पूर्णचन्द्र थापाले लिइरहेका छन । आउँदो भदौंमा प्रधानसेनापति क्षत्रीले अवकाश पाएसँगै रथी थापा प्रधानसेनापति चुनिने छन ।

स्थलगत भ्रमणमा प्रधानसेनापति राजेन्द्र क्षत्री

काठमाडौं– प्रदेश सभा तथा प्रतिनिधी सभा नजिकिदै गर्दा देशभर उम्मेदवार लक्षित बम आक्रमणका घटना बढेका बेला सेनाप्रमुख आफै पूर्वी हिमाली, पहाडी तथा तराईको अवस्था बुझ्न फिल्डमा पुगेका छन। प्रधानसेनापति राजेन्द्र क्षत्रीले निर्वाचन सुरक्षाको अवस्था बुझ्न गुल्म, गण, बाहिनी र पृतनाको अवलोकन भ्रमण गरेका हुन ।
निर्वाचन सुरक्षाका लागि केन्द्रीय सुरक्षा रणनीति अनुसार सेना समेत आवश्यक सूचना संकलन, निर्वाचन सुरक्षा र कारवाहीको अधिकार सहित फिल्डमा रहेपनि देशभर उम्मेदवारलाई लक्षित गरि बम आक्रमण भै रहेका छन । केन्द्रीय नेतादेखि मन्त्रीसम्मलाई लक्षित गरि भएका बम आक्रमणले निर्वाचन प्रभावित आशंकाका बिच सेनापति दुईदिन लामो भ्रमण सकेर विहीबार काठमाडौं फर्किएका हुन ।
उच्च सैनिक स्रोतका अनुसार प्रधानसेनापति क्षत्रीले सेनाले प्रत्यक्ष कारवाही भन्दा उसको इन्टिलिजेन्स प्रयोग गरि सम्भावित घटनाको पूर्व सूचना र संलग्न ब्यक्तिका बिषयमा जानकारी स्थानीय प्रशासनलाई जानकारी गराउन निर्देशन दिएका थिए ।
प्रधानसेनापति क्षत्रीले सोलुखुम्बुमा रहेको अमरदल गुल्म, ओखलढुंगाको शम्शेरदल गण, ईटहरीमा रहेको पूर्वी पृतना मुख्यालय र हेटांैडामा रहेको मध्य पृतना मुख्यालय तथा धादिङको बैरेनीमा रहेको ६ नम्बर बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका हुन।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति क्षत्रीले युनिटहरुको स्थलगत बस्तुस्थिति, अपरेशन, तालिम, बन्दोबस्तीको अवस्थाका बिषयमा युनिट कमाण्डरसँग बुझ्नुका साथै आवश्यक निर्देशन दिएका थिए । यस्तै उनल आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित बातावरणमा सम्पन्न गराउन नेपाली सेनाको तयारीको बिषयमा निर्देशन दिएका थिए।

रक्षा सचिव बिनाेद केसी र प्रधानसेनापति रानेन्द्र क्षत्री जंगी अड्डामा छलफल गर्दै ।
साैजन्य : नेपाली सेना

काठमाडौं– नेपाली सेनाले आसन्न प्रतिनिधी र प्रदेश सभा निर्वाचनका बिषयमा रक्षा सचिवलाई जानकारी गराएको छ । सेनाले विहीबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा रक्षा सचिव विनोद केसीले निर्वाचन सुरक्षाका चुनौती र सेनाको तयारीका बिषयमा जानकारी गराएको हो ।
रक्षा सचिव केसीलाई सेनाको अप्रेसन र बन्दोबस्ती हेर्ने रथीहरुले निर्वाचन सुरक्षा, आइपर्ने सम्भावित चुनौती र सेनाको कार्ययोजनाका बिषयमा जानकारी गराएको हो ।
सेनाको ब्रिफिङ अघि प्रधानसेनापति राजेन्द्र क्षत्री र सचिव केसीबिच बेग्लै छलफल भएको थियो । दुई चरणमा सम्पन्न हुने निर्वाचनको बाहिरी घेरामा सेनाले सुरक्षा दिने छ । यस्तै निर्वाचन सामाग्रीको ढुवानी र सुरक्षाको जिम्मेबारी समेत सेनाले लिएको छ । निर्वाचनपछि मतदान स्थल र मतपेटिकालाई सुरक्षित रुपमा मतगणना स्थलसम्म पु¥याउने जिम्मेबारी सेनाले पाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रक्षा सचिव के.सी. र प्रधानसेनापति क्षत्रीबिच हाल देशको बिद्यमान परिस्थिति र नेपाली सेना सम्बन्धी विविध बिषयहरुमा छलफल भएको थियो ।

198-02

KATHMANDU: अमेरिकाको एशिया प्यासिफीक कमाण्डले निर्माण तथा आपतकालिन उद्दारमा सहयोगी सवारीसाधन तथा उपकरण नेपाली सेनालाई उपलब्ध गराएको छ । सडक, तथा ठुला संरचना निर्माणमा उपयोगी उपकरण शुक्रबार नेपालका लागि अमेरिकी राजदुत पिटर डब्लु बोडेले प्रधानसेनापति गौरबशम्सेर राणालाई हस्तानान्तरण गरेका हुन ।

198-01
अमेरिकाकोे सहयोगमा पांचखाल स्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको लागि सहयोग स्वरुप जेसिभी एक्जावेटर, डोजर मोटर ग्रेडर जस्ता उपकरण उपलब्ध गराएको हो । सहयोग हस्तानान्तरणका लागि काभ्रे पुगेका राजदुत बोडेले द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनाका लागि खटिने फौजमध्य छैठौ स्थानमा नेपाल रहेकोे भन्दै नेपालीहरुको योगदानको प्रसंसा गरेको सैनिक जनसम्पर्क निद्र्रेशनालयले जनाएको छ।

KATHMANDU : राष्ट्रपति डा. रामवरण यादवले भारतीय स्थल सेनाध्यक्ष दलबिर सिंहलाई राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन ।

132-02
राष्ट्रपतिले भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको महारथीको दज्र्यानी चिन्ह, खड्ग तथा प्रमाणपत्र प्रदान गरेका हुन ।
नेपाल तथा भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्बन्धको साथै मित्रवत सैनिक सम्बन्धको निरन्तरता स्वरुप विगत दशकौंदेखि नेपाल तथा भारतका सेना प्रमुखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको छ ।

132-01
भारतीय स्थल सेनाध्यक्ष सिंहले विहिबार नै सिंहदरबारमा प्रधानमन्त्री तथा रक्षामन्त्री शुसिल कोइरालासंग भेटघाट गरेका छन । भेटघाटमा नेपालका लागि भारतीय राजदुतको समेत उपस्थिति रहेको थियो ।

123-03

KATHMANDU : युनाईटेड स्टेट प्यासिफीक कमाण्ड तथा रोयल ब्रुनाई आर्मड फोर्स को संयुक्त तत्वावधानमा ब्रुनाईको दारुसलेममा आयोजना भईरहेको एशिया प्रशान्त क्षेत्रका राष्ट्रहरुका सेना प्रमुखहरुको वार्षिक सम्मेलन अन्तर्गत संचालन भएको विभिन्न कार्यक्रममा प्रधानसेनापति गौरव शम्शेर राणा सहभागि भएका छन ।
उक्त सम्मेलनको सिलसिलामा मंगलबार “Multilateralism: Practical Cooperation Towards Shared Responsibility” का विषयमा प्रस्तुतिकरण, अन्तरक्रिया एवं छलफल भएको छ । पूर्व निर्धारित विभिन्न विषयहरुमा छलफल गर्ने क्रममा “Overcoming the Limitations of Multilateralism” विषयमा अन्तरक्रिया समेत भएको थियो ।

123-02
प्रधानसेनापति राणाले बु्रनाईका राजकुमार Haji Al-Muhtadee Billah संग भेटघाट गर्नुका साथै Lt Gen Gao Jin, Assistant Chief of General Staff of the People’s Liberation Army (PLA) Admiral Choi Yoon Hee, Chairman of the Joint Chiefs of Staff (CJCS), Republic of Korea संग छुट्टाछुट्टै कार्यक्रममा भेटघाट एवं द्धिपक्षिय छलफल भएको छ ।