Posts Tagged ‘koshraj want’

KATHMANDU : फौजी संगठनमा महिला हिंसा र शोषण बिरुद्धका लागि सरकारले मापदण्ड बनाएको छ । तर अहिले सशस्त्र प्रहरीका प्रमुख आईजीपी कोषराज वन्त उपर आफ्नै संगठनका महिला कर्मचारीलाई यौनशोषणको आरोप लागेको छ । पत्रकार रबी धामी समेत रहेको बिश्वसनिय न्युज पोर्टल मुलधार न्युज डटकमले आफुसँंग प्रमाण रहेको दाबी सहित आईजीपी वन्तको यौनशो्षणको बृतान्त राखेको हो । फौजी संगठनकै प्रमुखबाट भएको यस्तो निन्दनिय कार्यको अनुसन्धान हुन जरुरी छ ।

index

बाँकी मुलधार न्युज डटकमबाट :

सशस्त्र प्रहरी वलका आईजीपी कोषराज वन्तले लैंगिक हिंसा आफू गर्ने अरुलाई औंला ठड्याउने गरेका छन । यिनको दुर्नियत सशस्त्रमा शुरुदेखिकै हो भन्ने गाइंगुइं चलेको थियो तर हैसियत केही नभएको कारण कुनामा थन्किएको थियो । जव सशस्त्र फौजको हेड बन्ने कागताली तथा अपुताली आयो तव यस्मा जे गरे पनि हुन्छ भन्ने मानसिकताको बिकास भयो जस्मा पहिलो हो महिंला हिंसा ।

महिला संघमा खटिएकी कर्मचारी ईन्सपेक्टर जो बिभागकै ईन्सपेक्टरकी श्रीमती हुन् उनलाई रातदिन बोलाउने, बोलाए पछि रातो बत्ती बाल्ने करीव ३ घण्टा सम्म कोठा बन्द गरि आवत जावत रोक्ने । एआईजीहरु पर्खाइमा हुने भित्र उनको जाहेरी चलेको भनेर सवैलाई प्रतिवन्ध लगाउने । के महिला ईन्सपेक्टर त्यो पनि सशस्त्र भन्दा बाहिरको ल्न्इ को रुपमा रहेको महिला संघमा समन्वयकर्ताको भूमिका मात्र खेल्नको लागि खटिएकी सँग ३ घण्टा भन्दा बढी रातो बत्ती बालेर बस्न मिल्छ । यो भित्रको कुत्सित नियत के हो रु यो हर्कत आईजीपी भएदेखिकै चल्दै आएको छ । ती महिला ईन्सपेक्टरकोे जाहेरी रातको ७÷८ बजेपनि हुने गरेको छ । यस्को बारेमा एआईजी सिंह बहादुर श्रेष्ठ, सचिन कर्माचार्य, बाहिर बस्ने हरेक जवानलाई राम्ररी थाहा छ र हेडक्वार्टरमा प्रत्येकले ती महिला ईन्सपेक्टर र आईजीपीको सम्बन्ध राम्ररी बुझेका छन् । के यसरी पदको भरमा शोषण गर्न पाइन्छ रु

यसै गरि आईजीपी भएको मानिस जस्ले बृहत रुपमा संगठनको नेतृत्व गरेका छ नाच टोलीका महिलाहरुलाई हरेक हप्ता दिनमा काउन्सिलिंग गर्नु पर्छ भन्दै बोलाउने र भित्र कोठामा छानी छानी शोषण गर्ने । एकजना महिला जवानलाई शुरुमा बोलाउने गरेका थिए तर भित्रै यौन प्रस्ताव गरेको कारण तिनीले मुखभरिको जवाफ दिएर रातो पिरो हुँदै बाहिर निस्केपछि अको उपयुक्त पात्र ती ईन्सपेक्टरलाई भेटाए जस्को श्रीमान् विदेशमा थिए । निज जुन बेला आईजीपीलाई मन लाग्यो सोही बेला आउने गरेकि थिइन् । निजलाई वन्तले लाईबेरिया मिसन पठाए र उतैबाट अमेरिकाको ५ बर्षे भिसा लगाउन लगाइ अमेरिका पठाएका छन् । हालै अमेरिका भं्रमणमा गएको बेलामा निज ती ईन्सपेक्टरलाई बोलाएर केही दिन मस्ती समेत गरि फर्किएका छन् ।

नाच टोलीका महिलाहरुलाई जहिले पनि एक्लै एक्लै बोलाएर सोधपुछ गर्नु पर्छ भनि कार्यकक्ष भित्रको बिशेष अलग कोठामा बोलाउने र घण्टौं रातो बत्ती बालेर अन्य उच्च अधिकृतलाई कुराउने कुकृत्यलाई जारी राख्दै आएका छन् । देखाउनको लागि रेसु नेपाली जस्ता पुरुषलाई बोलाउँछन् तर भित्र छिर्ना साथ ५ मिनेटमै बाहिर पठाएर महिला जवानलाई सोफामा बसाएर खाजा मगाइ मगाइ के गर्छन् थाहा हुन्न । बाहिर रातो बत्ती भने बालेकै हुन्छन् । जहाँ गए पनि लैंगिक हिंसामा शुन्य सहनशीलता अपनाएको छु भन्दै भाषण गर्न चुक्दैनन् तर निजले भने यस्तो कृयाकलाप शुरुवातदेखि नै जारीराखेका छन् । एकजना ईन्सपेक्टर पहिला मद्धती सेवामै थिइन निजलाई शुरुवाती अवस्थादेखि नै ताक्दै आएका थिए तर निजलाई जहाँबाट र अझ बाहिरको ल्याण्ड लाइनबाट समेत फोन गर्ने, सताउने गर्दै आएका थिए । उनले यो हर्कत प्रति सोझै असहमति जनाएपछि खेद्नु सम्म खेदे । यस्को गुनासो एआईजी लगायत धेरैलाई गरिन् तर संगठनकै बदनाम हुने डरले सवैले लुकाए ।

जुन स्थानमा गए पनि यिनको मुख्य काम भनेको मोबाईल चलाउनु र महिलालाई म्यासेज गर्नु मात्र रहेको छ । क्षेत्रीय सम्मेलन होस् या गृहमन्त्रालयको बैठक जहाँ पनि मोवाईलमा खेलेको मात्र देखिन्छ । तसर्थ ति सवै मोवाईलको रेकर्ड हेर्ने हो भने घाम जत्तिकै छर्लंग हुन्छ । एकजना एस्एस्पीले गर्दै नगरेको गल्तिलाई महिला हिंसा भयो भनि प्रत्येक बैठकमा भन्ने गरेका छन् तर आफ्नो नियत भने यस्तो घटिया प्रकारको रहेको छ ।

पहिला प्रत्येक महिना जसो अस्पतालमा काउन्सिलिंग गर्नुछ भन्दै जाने गर्थे । त्यहाँ पनि यिनको गलत मनसाय लुकेको थियो । एककान दुईकान हुन थाले पछि केही ढिला गरि जान थाले । त्यहाँको एकजनालाई प्रमोशन दिन्छु भनि प्रत्येक हप्ता हेडक्वार्टरमा बोलाउन समेत थाले तर निज डाक्टरले आईजीपीको नियत बुझेपछि निजलाई प्रमोशन समेत दिएनन् । जवकि उक्त डाक्टरलाई ग्रिनेड खरिद गर्दा चेक गर्ने कार्यमा चीन पठाउन समेत लागेका थिए । यसै गरि कुरिनटारमा आधारभूत तालीम गर्दै गरेकी एकजना डाक्टर बिमारी भएर अस्पताल आइन् भन्ना साथ यिनी पुगेका थिए । तिनै सुन्दरी डाक्टरलाई जसरी पनि पास गराउनु पर्छ भनि सेवा आयोगको बैठकमा लाजै नमानी भन्न समेत भ्याएका थिए । जवकी मरणासन्न बिमारीको लागि यिनी कहिल्यै पुगेको रेकर्ड छैन ।

क्वार्टरमा मेडम सायद अफिस गएको मौका पारेर बिमारी चेकअप भन्दै स्टार्फ नर्सलाई बोलाउने गर्छन् । जवकि यिनी बिमारी भएको भने पाइंदैन । एक जना लाई प्रत्येक दिन ब्लड प्रेशर चेक गर्न बोलाउने गरेका थिए तर यिनले भने अनुसार सायद मानिनन् अहिले केही समय बन्द गरेका पाइन्छ । ९नोट माथी उल्लेखित महिला पात्रहरुको नाम उनिहरुको गोपनियताकालागी गोप्य राखिएको छ । मूलधार न्युजसंग उनिहरुले कुरा गरेका प्रमाणहरु सुरक्षित छन .

Advertisements

KATHMANDU : रासन र सामान खरिदका क्रममा अनियमितता गरी अकूत सम्पत्ति आर्जन गरेको र त्यो सम्पत्ति मेडिकल कलेज र जलविद्युतमा लगानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका सशस्त्र प्रहरी बलका आइजीपी कोषराज वन्तले ७५ करोड रुपैयाँको सामान खरिदमा अनियमितता गर्ने तानाबाना बुनेका छन्।

सशस्त्रमा गुणस्तर परीक्षण नै नगरी ७५ करोड रुपैयाँबराबरका सामान खरिद प्रक्रिया टुंग्याउन लागिएको छ। गुणस्तर तथा नापतौल विभागबाट स्वीकृत नमूनाअनुसारको कम दरमा प्रस्ताव हाल्ने सप्लायर्सबाट खरिद गर्नुपर्नेमा परीक्षण नै नगरी कमिसन कसले बढी दिन्छ उसैबाट खरिद गर्न आइजीपी कोषराज वन्तको निर्देशनअनुसार सशस्त्रका प्रशासन विभाग प्रमुख जीवन थापा, आर्थिक प्रशासन महाशाखाका एसएसपी कविन्द्रमान श्रेष्ठ र प्रबन्धका डीएसपी प्रमोद राय लागेका छन्। कमिसनमा कुरा मिलाएर खरिद प्रक्रिया टुंगो लगाउन निर्देशन दिई सशस्त्रका आइजीपी कोषराज वन्त र एआइजी दुर्जकुमार राई अमेरिका हुँदै इन्टरपोलको सम्मेलनमा भाग लिने बहानामा फ्रान्स सयरमा थिए। जबकि सशस्त्र प्रहरी इन्टरपोलको सदस्य होइन, पर्यवेक्षकमात्र हो।

index
सशस्त्रले क्यामो फ्ल्याग तयारी चुस्ता ४० हजार सेट, डीएमएस बुट ३५ हजार जोर, क्यामो फ्ल्याग पार्कर ज्याकेट १५ हजार थान, बर्षादी ट्रयाकसुट १५ हजार सेट, जर्सी २० हजार थान खरिद गर्दैछ। त्यस्तै पीटी जुत्ता, ३७ हजार जोर, ब्यारेट क्याप ३५ हजार थान, झुल २० हजार थान, कम्मल ३७ हजार थान, स्लीपीङ ब्याग १० हजार थान, उलन सर्ट कपडा ३० हजार मिटर, उलन पाइन्ट २० हजार मिटर, कटन सर्ट कपडा ३० हजार मिटर र कटन पाइन्टको कपडा २० हजार मिटरको लागि टेण्डर गरेको थियो। सशस्त्रले परेका टेण्डरहरू खोलिसकेको छ। टेण्डर खोलिसकेपछि नमूना गुणस्तर विभागमा पठाई त्यहाँबाट कुन सामान नमूनाअनुसारको छ त्यहीअनुसार कम दरमा हाल्ने सप्लायरबाट खरिद गर्नुपर्ने हुन्छ। तर सशस्त्रले नमूना परीक्षणमै नपठाई कमिसन जसले बढी दिन्छ, उसकै सामान गुणस्तरीय भएको भनी खरिद गर्न लागेका छन्। सशस्त्रको ७५ करोड रुपैयाको खरिदमा गृहमन्त्री वामदेव गौतमका छोरा हरिस गौतमले पनि चासो राखेको स्रोतले बतायो। स्रोतका अनुसार नेपाल प्रहरीको हतियार खरिददेखि कुनै पनि काम नभएपछि गृहमन्त्रीपुत्र हरिस गौतम सशस्त्रको खरिदमा लागेका छन्।

स्रोतका अनुसार सामान खरिदमा अनियमितता गर्नका लागि गुणस्तर परीक्षण नै नगरी जुन ठेकेदारले बढी कमिसन कबोल गर्छ उसकै सामान खरिद गर्न बोलकबोल भइरहेको छ। सशस्त्र प्रहरी बलले गुणस्तर विभागमा परीक्षण गर्नै नपठाई खरिद गर्ने सामान खरिदको तयारी गरेको छ। गतबर्षसम्म गुणस्तरमा पठाएर स्वीकृत नमूनाअनुसार खरिद गर्दैआएको सशस्त्रले यो बर्षदेखि नेपाली सेनाले नपठाए पनि हुने हामी पनि सेना जस्तै हौं भन्दै नपठाएको बुझिएको छ। नेपाली सेनासँग गुणस्तर परीक्षण गर्ने ल्याब छ तर सशस्त्रसँग केही पनि नभएको र गुणस्तर विभागमै पठाउनुपर्ने हुन्छ। तर सेनासँग तुलना गर्दै सशस्त्रले गुणस्तर नै परीक्षण नगरी कमिसन जसले बढी दिन्छ, आफूखुसी उसको सामान गुणस्तरयुक्त छ भनी खरिद गर्न लागेको छ। टेण्डरमा सबैभन्दा कम दरमा टेण्डर हाल्ने सप्लायरलाई नदिई कमिसनको बार्गेनिङमा एआइजी थापा, एसएसपी श्रेष्ठ र डीएसपी राय लागेका छन्। सशस्त्रको ७५ करोड रुपैयँँबराबरको यो खरिद प्रक्रियामा हुन लागेको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखासमितिले पनि छानबिन गर्नुपर्ने सशस्त्रका एक अधिकारीले बताए। उनले भने, ७५ करोड रुपैयाँको खरिदमा १० करोड भन्दा बढी कमिसन कबोल गर्नेलाई दिने चलखेलमा आइजीपी वन्त छन्।

आइजीपी वन्त र गृहमन्त्री पुत्र हरिसको मिलेमतोमा कल्याणकारी कोषले ९० दिन म्याद राखेर गरिएको टेण्डर पनि हतार हतार २१ दिनमै टुंग्याउने चलखेल भएपछि सार्वजनिक लेखासमितिले ताकेता गरिसकेको छ। सशस्त्रको रासन र अरु बन्दोबस्तीका सामान खरिदमा अनियमितता गरी अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा आइजीपी वन्त, तत्कालीन आर्थिक महाशाखा प्रमुख चिरन्जीवी अधिकारी र प्रबन्धका एसपी श्यामकाजी कुँवरमाथि अख्तियारले छानबिन गरिरहेको छ।

courtesy : weeklynepal.com