Posts Tagged ‘‘facebook-jssdk’)); Post by Nepal Army.’

Kathamndu: प्रधानसेनापति राजेन्द्र क्षत्रीले सोमबार अस्पताल पुगेर बिरामीसँग भलाकुसारी गरे । प्रहरी महानिरीक्षक उपेनद्रकान्त अर्यालले लागूऔषध पूर्नस्थापनमाका लागि आसरा केन्द्रमा रहेका दुब्र्यसनीको हौसला बढाए र सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तले आधारभुत तालिम पुरा गरेका अधिकारीको दिक्षान्त समारोहमा पुगेर बलको सिद्धान्त र अनुशासनका बिषयमा निर्देशन दिए ।
तीनवटै सुरक्षा निकायमा रहेको सञ्चार हेर्ने निकायले प्रेषित गरेका बुलेटिन उनिहरुकै भाषामा जस्ताको त्यस्तै तर छोटकरीमा :

hospital coas

नेपाली सेना

आज मिति २०७२ आश्विन ११ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले छाउनीस्थित नेपाली सेनाको श्री वीरेन्द्र अस्पतालको निरीक्षण भ्रमण गर्नु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले अस्पताल भित्र रहेको ईमरजेन्सी, ओपिडी, भिआईपि, आईसियु, आईटिसियु वार्ड लगायत रिपुमर्दिनी अक्सिजन प्लाण्टको साथै ट्रमा हलको समेत निरीक्षण भ्रमण गर्नु भएको थियो । निरीक्षणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले बिरामीहरुसंग भेटघाट तथा कुराकानी समेत गर्नु भएको थियो ।

उक्त निरिक्षण भ्रमणको दौरान प्रधान सेनापति श्री क्षत्रीलाई श्री वीरेन्द्र अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी डा. श्री राजिव पाण्डेले अस्पतालको बस्तुस्थितिबारे जानकारी गराउनु भएको थियो भने सोही क्रममा श्री इन्जिनियर विभागका प्राविधिक उपरथी श्री योगेन्द्र वहादुर खाणले अस्पतालको पुनःनिर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त अवसरमा श्री कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी श्री गौरव तण्डुल लगायतका रथीबृन्द तथा अधिकृतहरुका साथै उक्त अस्पतालका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो निरीक्षणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले आमविनाशकारी भूकम्प पश्चात घाइते तथा बिरामीहरुलाई पालमा नै भएपनि आप्mनो जिम्मेवारी निर्वाह गरी उपचार सेवा प्रदान गर्न सफल भएकोमा अस्पतालमा कार्यरत सबैको सराहना गर्नु भएको थियो ।

hospital coas111

सैनिक कल्याणकारी कोषद्धारा संचालित उक्त अस्पतालको भौतिक संरचना विनाशकारी भूकम्पको समयमा क्षतिग्रस्त भएको कारण अस्पतालले पालबाट नै बीरामीहरुलाई सेवा सुविधा प्रदान गर्दै आईरहेको छ । हाल उक्त अस्पतालको पुनःनिर्माण तथा मरामत कार्य भइरहेको छ ।

आसरा सुधार केन्द्रको १९औं बार्षिकोत्सव तस्वीर (5)

नेपाल प्रहरी

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीवारीको १९औं बार्षिकोत्सव आज आयोजित एक समारोहबीच सम्पन्न भएको छ ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक अर्यालले केन्द्रमा कार्यरत १२ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक अर्यालले नेपाल प्रहरी श्रीमती संघको सक्रियतामा संचालित केन्द्रले स्थापनाको १९औँ वार्षिक उत्सव मनाइरहँदा यसले गरेका कार्यहरुको पुनरावलोकन गर्दै वैज्ञानिक पद्धतिअनुसार संस्था संचालन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । लागूपदार्थ दुव्र्यसनमा युवापुस्ताहरु फस्ने क्रम भयावह रहेको बताउँदै यसको रोकथामका लागि केन्द्रले गम्भीर भएर अगाडि बढ्नुपर्नेसमेत उहाँले उल्लेख गर्नुभयो ।
लागूपदार्थ दुव्र्यसनले व्यक्ति मात्रै दुःखमा फस्ने नभई परिवार, आफन्त, समाज र राष्ट्रमासमेत प्रत्यक्ष असर पुग्ने भएकोले दुव्र्यसनमा फसेका व्यक्तिहरुलाई समाजमा पुर्नस्थापना गराउन केन्द्रले आगामी दिनमा अझ बढी क्रियाशिल भएर अगाडि बढ्ने विश्वाससमेत प्रहरी महानिरीक्षक अर्यालले व्यक्त गर्नुभयो । केन्द्रमा उपचारपछि समाजमा पुर्नस्थापित भई सफलताको विन्दूमा पुग्न उपचाररत सदस्यहरुलाई उहाँले सुझावसमेत दिनुभयो ।

आसरा सुधार केन्द्रको १९औं बार्षिकोत्सव तस्वीर (7)
समारोहमा धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती रोशी अर्यालले केन्द्रलाई सहयोग तथा योगदान पु¥याउने आर्ट अफ लिभिङ, ब्रम्हकुमारी राजयोग र शान्तिको सन्देस संस्थाका प्रतिनिधि, केन्द्रका परामर्शदाताहरु, रोलमोडलसमेतलाई प्रशंसापत्र, कदरपत्र तथा पुरस्कार वितरण गर्नुको साथै केन्द्रबाट उपचारपछि घर गएका व्यक्तिलाई मायाको चिनोसमेत प्रदान गर्नुभयो ।

????????????????????????????????????

सशस्त्र प्रहरी बल

सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम केन्द्र ककनीमा संचालित सि.सं.१९ प्राविधिक अधिकृत तथा अन्य दर्जा आधारभूत तालिम सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले त्यसअवसरमा असोज ११ गते सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित दिक्षान्त समारोहमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक वन्तले त्यसअवसरमा संगठनले स्थापनाकालदेखि नै प्राप्त जिम्मेवारीलाई व्यावसायीक कार्यकुशलताका साथ निर्वाह गर्दै आएको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी बल देश र जनताको हितमा क्रियाशिल रही लक्षित गन्तव्यतर्फ अगाडि बढिरहेको बताउनुभयो ।

????????????????????????????????????

उहाँले नागरिकको सेवा र सुरक्षामा सिघ्र परिचालित भई प्रभावकारी ढंगबाट कार्यसम्पादन गरिरहेको सशस्त्र प्रहरी बलप्रति नेपाली जनताको आस्था र भरोषामा अझै अभिबृद्धि हुने ढंगले व्यावसायीक कार्यमा समर्पित रहिरहनुपर्ने बताउनुभयो ।

Advertisements

Defence Investiture Ceremony   KATHMANDU : दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन(सार्क) शिखर सम्मेलनको पूर्व सन्ध्यामा भारतीय स्थल सेनाध्यक्ष दलबिर सिंहले नेपाल भ्रमण गर्ने भएछन । सिंह आफ्ना दलबल सहित कार्तिक २६ गते काठमाडौं आएर २९ गते फर्कने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको हो । प्रधानसेनापति गौरब शम्सेर राणाको औपचारिक निमन्त्रणामा नेपाल आउन लागेका सिंहले परम्परा अनुसार राष्ट्रपति रामबरण यादवबाट मानार्थ महारथीको दज्र्यानी समेत लगाउने छन । शितल निवासमा आयोजना हुने बिशेष कार्यक्रममा नेपाली सेनाका परमाधीपति यादवले सिंहलाई दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । नेपाल र भारत बिच एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको पद प्रदानगर्ने परम्परा रहेको छ । images नेपाल भ्रमणमा सिंहले प्रधानमन्त्री शुसिल कोइरालालाई सिंहदरबारस्थित उनकै कार्यकक्षमा भेटवार्ता समेत गर्नेछन । टुडिखेलस्थित सैनिक मञ्चको “वीर स्मारक” मा माल्यार्पण गर्नुका साथै जंगी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत दिनेछ । पांचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन भ्रमण पछि सांझ प्रधानसेनापति राणाले आयोजना गर्ने .रात्रीभोजमा सरिक हुनेछन । यस्तै भारतका लागि बिशेष महत्व राख्दै आएको चिनियाँं सीमाना मुस्ताङ्ग जिल्लाको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण तथा पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालय र नेपाली सेनाको पश्चिम पृतना मुख्यालयको भ्रमण समेत गर्ने भारतीय सेनाध्यक्षको कार्यक्रम रहेको छ ।   को हुन दलबिर सिंह ? भारतका २६ औं स्थल सेनाध्यक्षका बिषयमा भारतीय सेनाको वेबसाइटमा उपलब्ध सामाग्री अग्रेजीमा छ है । 3     General Dalbir Singh, PVSM, UYSM, AVSM, VSM, ADC, was commissioned into 4/5 GR(FF) in Jun 1974. He is an alumnus of Sainik School, Chittorgarh and the National Defence Academy. In a distinguished military career, spanning four decades, he has tenanted critical Command and Staff and Instructional appointments. He was a Company Commander in Operation PAWAN in Sri Lanka, raised and commanded a Rashtriya Rifles Battalion in Nagaland besides commanding an Infantry Brigade and a Mountain Division in Jammu & Kashmir. He has commanded 3 Corps and Eastern Command. The General has also held the appointments of IG SFF, Cabinet Secretariat and was the ‘Vice Chief of the Army Staff’ from 01 Jan 14. The General is the Colonel of 5 GR (FF) and the President Gorkha Brigade. Besides holding two Masters Degrees one each in Management Studies and Strategic Studies the General is also qualified in the Executive Course in USA and Senior Mission Leaders Course in UN. The General is a keen sportsman and takes special interest in Riding and Swimming.

123-03

KATHMANDU : युनाईटेड स्टेट प्यासिफीक कमाण्ड तथा रोयल ब्रुनाई आर्मड फोर्स को संयुक्त तत्वावधानमा ब्रुनाईको दारुसलेममा आयोजना भईरहेको एशिया प्रशान्त क्षेत्रका राष्ट्रहरुका सेना प्रमुखहरुको वार्षिक सम्मेलन अन्तर्गत संचालन भएको विभिन्न कार्यक्रममा प्रधानसेनापति गौरव शम्शेर राणा सहभागि भएका छन ।
उक्त सम्मेलनको सिलसिलामा मंगलबार “Multilateralism: Practical Cooperation Towards Shared Responsibility” का विषयमा प्रस्तुतिकरण, अन्तरक्रिया एवं छलफल भएको छ । पूर्व निर्धारित विभिन्न विषयहरुमा छलफल गर्ने क्रममा “Overcoming the Limitations of Multilateralism” विषयमा अन्तरक्रिया समेत भएको थियो ।

123-02
प्रधानसेनापति राणाले बु्रनाईका राजकुमार Haji Al-Muhtadee Billah संग भेटघाट गर्नुका साथै Lt Gen Gao Jin, Assistant Chief of General Staff of the People’s Liberation Army (PLA) Admiral Choi Yoon Hee, Chairman of the Joint Chiefs of Staff (CJCS), Republic of Korea संग छुट्टाछुट्टै कार्यक्रममा भेटघाट एवं द्धिपक्षिय छलफल भएको छ ।

प्रधानसेनापति भएको एक वर्षमै गौरवशमशेर राणाले समग्र सेनाको हितमा होइन, सीमित पारिवारिक व्यक्तिको हितका लागि मात्रै काम गर्न थालेको आरोप सेनाभित्र लागेको छ। आफ्ना अवसरवादी कोटरीको सल्लाहमा चल्ने गरेका सेनापतिले आफ्ना र अर्काको दुईवटा वर्ग छुट्याएर सेनामा चरम भेदभाव गर्न थालेको भन्दै असन्तुष्टि सुरु हुन थालेको हो।
निकै शक्तिशाली र सेनाको हितमा काम गर्ने व्यक्तिका रूपमा चिनिएको उनको छवि अहिले आफ्ना पारिवारिक व्यक्तिलाई स्पेस बनाउन सेनाको संरचना नै ध्वस्त पार्न पनि पछि नपर्ने छविका रूपमा स्थापित हुन थालेको छ। सेनापतिले दुई सातायता गरेका निर्णय र सिफारिस हेर्दा उनी सेनाको संस्थागत मजबुतीकरणका पक्षमा छैनन्, आफ्नो कार्यकालको अन्तिममा सेनालाई नै विघटन गराउने पक्षमा देखिएका छन्, एक सुरक्षाविद्ले टिप्पणी गरे।
गत साता सेनापति राणाको सिफारिसमा सरकारले पदमविलास कार्की, हिमालय थापा र विजय मोक्तानलाई सहायकरथीबाट उपरथीमा बढुवा गर्योय। उनीहरूको पोस्टिङ पनि सेनापतिकै सिफारिसअनुसार भयो। जसअनुसार कार्कीलाई सेनाको सबैभन्दा शक्तिशाली संरचना युद्धकार्य तथा व्यवस्था महानिर्देशनालयको प्रमुख बनाइयो। सेनाको सम्पूर्ण अपरेसन र व्यवस्थापन हेर्ने यो निकाय सबैभन्दा शक्तिशाली मानिन्छ। तर यो निकायमा सेनापतिको सिफारिसमा जिम्मेवारी दिइएका कार्की बढुवा भएका पछिल्ला जर्नेलहरूको तुलनामा जुनियर हुन्। सेनाको स्वाभाविक लाइनअनुसार भावी नेतृत्वका रूपमा चिनिएका उपरथी राजेन्द्र क्षेत्री वा भिक्टर राणामध्ये एकलाई डीजीएमओ (युद्धकार्य महानिर्देशक) बनाउनुपर्नेमा सेनापतिले मनोमानी तरिकाले पोस्टिङको सिफारिस गरेका हुन्। उनको कार्यशैलीका कारण राणालाई जंगी अड्डाभित्र ‘श्री ३’ भनेर व्यंग्य हुन थालेको छ।
सेनापतिले आफ्ना सम्धी तथा हालसालै बढुवा गरिएका बलाध्यक्ष रथी पवनबहादुर पाँडेले नेतृत्व लिने वातावरण बनाउन जनरलहरूको जिम्मेवारी जथाभावी तोकेको मुख्यालय स्रोतले बतायो। डीजीएमओ नेपाली सैनिक हेडक्वार्टरको न्यूक्लियस हो, जसमा राणा आफ्नो दह्रो प्रभाव कायम राख्न चाहन्छन्। बढुवा भएका उपरथी थापालाई राणाले सेनाको भर्ना छनोट, कानुन विभाग, कल्याणकारी निर्देशनालयलगायतको प्रत्यक्ष नियन्त्रण गर्ने निकाय कार्यविभागमा लगेका छन्। लडाकु समायोजनपछि गठित राष्ट्रिय सुरक्षा तथा विकास महानिर्देशनालयमा सेनापतिले उपरथी नरेन्द्र रावललाई तोकेका छन्। रावल एमाओवादी निकट मानिन्छन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई खुसी पार्न सेनापतिले रावललाई लगेको मुख्यालयमा चर्चा छ। यसअघि त्यहाँ विजय मोक्तानलाई लैजाने चर्चा थियो। मोक्तानलाई राष्ट्रिय परिषद् सचिवालयको सहसंयोजकका रूपमा पोस्टिङ गरिएको छ।
यसैबीच, सेनापतिकै निगाहमा उमेर कटिसकेका सहायक रथी ज्ञानेन्द्र रायमाझीलाई नेसनल डिफेन्स कोर्स (एनडीसी) का लागि चीन पठाइएको छ। सामान्यतया ५२ वर्षसम्मका सहायक रथीलाई पठाइने गरिएकोमा ५५ वर्ष नाघेका रायमाझीलाई पठाइएको हो। अघिल्ला सेनापति छत्रमानसिंह गुरुङको पेलानमा परेको भन्दै रायमाझीलाई त्यहाँ पठाइएको तर्क एकथरि जर्नेलहरूको छ। रायमाझी यसअघि सेनापतिका सैनिक सहायकका रूपमा थिए, जहाँ अहिले सुरेश शर्मा छन्। रायमाझीसँगै सहायक रथीहरू अनुज बस्नेत र कमेन्द्र लिम्बू पनि चीन पठाइएका छन्। तर उनीहरू यो कोर्सका लागि अयोग्य छैनन्।
सेनापतिको मनोमानीले जंगी अड्डाभित्र हलचल मच्चाएको छ। यसअघि यस्ता गुनासो सुन्ने ठाउँमा रथी नेपालभुषण चन्द थिए। तर चन्दको असारमा अवकाशपछि सेनापति राणाले कोही पनि चुनौती देखेका छैनन्। कहिले भारतीय नियोगहरूका गतिविधिको निगरानी गर्न सर्कुलर जारी गर्ने सेनापति राणा अहिले संगठन नै ध्वस्त पार्न सक्रिय छन्, एक अधिकृतले तरुणसँग भने। यसैबीच, पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल काउन्टर टेरोरजिज्मसम्बन्धी सेमिनारमा भाग लिन गत साता इजरायल पुगेका छन्। त्यहाँ एसियाका पूर्वसेनापतिहरूले सहभागिता जनाउने कार्यक्रम छ।
चुनावी मन्त्रिपरिषद् आधा महिना हनिमुनमा
काठमाडौं। अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई विदेश भ्रमणको साइत जुरेको छ। चुनावी प्रयोजनका लागि गठित मन्त्रिपरिषद्का अध्यक्ष भएका कारण रेग्मीलाई अहिलेसम्म कुनै पनि देशले भ्रमणका निम्ति आमन्त्रण गरेका छैनन्। यस्तो सरकार प्रमुखले विदेश भ्रमण गरेको उदाहरण विश्वका अरु मुलुकमा छँदै छैन।
अध्यक्ष रेग्मी कसैको आमन्त्रणमा नभएर आगामी असोज ५ गतेदेखि सुरु हुने संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन न्युयोर्क जान लागेका हुन्। न्युयोर्कमा उनी ११ दिन बस्ने कार्यक्रम छ। जसका लागि प्रतिरात दुई हजार पाँच सय अमेरिकी डल (करिब दुई लाख ६० हजार रुपैयाँ) पर्ने पाँचतारे होटलको सुइट बुक गरिसकिएको छ। अध्यक्ष रेग्मीको न्युयोर्क भ्रमणमा राज्यकोषबाट करिब दुई करोड रुपैयाँ खर्च हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
हरेक वर्ष हुने राष्ट्रसंघीय महासभामा सरकार प्रमुखको उपस्थिति अनिवार्य छैन। तर अन्य देशका राजनीतिज्ञसँग भेटघाट र छलफलका निम्ति सरकार प्रमुखहरू पनि जाने प्रचलन छ। मन्त्रिपरिषद्का अध्यक्ष रेग्मी केका लागि जान खोज्दैछन्? स्पष्ट छैन। अन्य मुलुकका प्रतिनिधिसँग सहयोग आदान–प्रदानको प्रस्ताव लिएर जान लागेका हुन् भनौं भने अध्यक्ष रेग्मीसँग त्यो हैसियत र अधिकार छैन। राजनीतिकस्तरमा सम्बन्ध विस्तार गर्न जान लागेका हुन् भनौं भने उनी राजनीतिक व्यक्ति होइनन्। गैरराजनीतिक व्यक्ति रेग्मी निश्चित प्रयोजन र निश्चित अवधिका लागि मन्त्रिपरिषद्को अध्यक्ष बनाइएका व्यक्ति हुन्। न उनीसँग राजनीतिक दल छ, न त चुनावपछि प्रधानमन्त्री बन्ने सम्भावना छ। यस्तो व्यक्तिसँग राष्ट्रसंघीय महासभामा सहभागी अन्य देशका प्रतिनिधिहरूले भेटवार्ता गर्ने सम्भावना छैन। अन्य मुलुकका प्रतिनिधिसँग भेटघाट गर्नै सम्भावना नहुँदा नहँुदै र मुलुक विषम परिस्थितिमा रहेका बेला मन्त्रिपरिषद् अध्यक्ष रेग्मी श्रीमती लिएर ११ दिनका लागि अमेरिका जाने तरखर गर्नु केवल हनिमुनका लागि मात्र रहेको विश्लेषण गर्नेहरू पनि धेरै छन्।
परराष्ट्रमन्त्री घिमिरे असोज १ र मन्त्रिपरिषद्का अध्यक्ष रेग्मी असोज ५ गते न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम छ। उनीहरू दुवैजना १५ गते स्वदेश फर्कंदैछन्। ५ गते प्रस्थान गरे पनि अध्यक्ष रेग्मीले बोल्ने पालो भने ८ गते मात्रै परेको छ। नेपालको सरकार प्रमुख भए पनि प्रधानमन्त्री पदमा नभएका कारण रेग्मीको मर्यादाक्रम अन्य देशमा मन्त्रीहरूसरह कायम भएको छ।
भ्रमणमा अध्यक्ष रेग्मी दम्पती, परराष्ट्रमन्त्री घिमिरे दम्पती, रेग्मीका दुईजना सुरक्षागार्ड, मन्त्रिपरिषद् कार्यालयका सचिव भ्रमणमा सामेल हुँदैछन्। यसैगरी, परराष्ट्र मन्त्रालयका सचिव अर्जुनबहादुर थापा, प्रमुख शिष्टाचार महापाल कालीप्रसाद पोखरेल, शिष्टाचार अधिकृत निर्मल भट्टराई, परराष्ट्र मन्त्रालय यूएन महाशाखा प्रमुख दीपक धिताल र चारजना राष्ट्रसंघीय नेपाली नियोगका कर्मचारी गरी १८ जनाले भाग लिने भएका छन्। सुरक्षा परिषद्को अस्थायी सदस्य भारतले स्थायी सदस्यका लागि लबिङ गर्ने तयारी गरेको छ। अहिलेसम्म अमेरिका, बेलायत, रुस, चीन र फ्रान्स गरी प्ााँचवटा स्थायी सदस्य राष्ट्र छन्।

weeklynepal.com