Posts Tagged ‘Dig Pushkar Karki’

kissing.jpg

काठमाडौं– काठमाडौंको दक्षिणकाली वोशनमा १२ रोपनीमा फैलिएको बिशाल र आलिशान गुम्बा छ । पेमा टासी छुलिठम घोम्बो कासुङ गुम्बाको नाम हो । त्यो आलिशानमा स्वघोषित भगवान रिम्पोछे छुल्ठिम दोर्जे योन्तान टुल्कु लामा बस्छन । उनको आधिकारीक वेब साइटमा उनलाई हिज होलिनेश गुरु भनिएको छ ।
उनको पहिरन, भेषभुषा र बोलीचालीले उनी बुद्ध धर्मका अनुयायी अवतारी नै भएजस्तो देखिए पनि उनको असली अवतार बिहीबार केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) ले सार्वजनिक गरेको छ । आफुलाई अवतारी बताउने टुल्कु लामा यौन अवतारी ढोगी रिम्पोछे रहेछन । उनले आफ्नै गुम्बा कमिटीमा रहेकी एकजना महिलासँगका अश्लिल तस्बिर आफ्नै फेसबुक पेजमा राखेका छन ।
ब्युरोले उपचार गर्न आउने महिलाहरूलाई विश्वासमा पारि डरत्रास तथा अनुचित प्रभावमा पारी यौन शोषण गर्ने गरेको आरोपमा बुधबार पक्राउ गरेर जर्वजस्ती करणी र साइबर ऐन अनुसार कारवाही थालेपछि रिम्पोछेको यौन अवतार बाहिर आएको हो ।
ब्युरोका अनुसार रिम्पाछे टुल्कु लामाले आफु अवतारी लामा भएको दशौं पुस्ता सम्म एउटै कुलमा जन्मेको जन्मजात अवतारी लामा भएको भन्ने स्वघोषणा गरेको जनाएको छ । उनको वेब साइटमा समेत उनलाई भगवानको अवतारका रुपमा ब्याख्या गरिएको छ । धर्मकै नाममा सन २००७ मा जापान समेत गएका लामाको गुम्बा कमिटीमा अधिकांस महिला रहेका छन । उनले ती महिलासँग टासिएर त कसैलाई चुम्बन गरेका तस्बिर आफ्नै फेसबुक पेजमा राखेका छन। उनको अक्टोबर ९ मा महिलालाई चुम्बन र आलिंगन गरेको तस्बिर राखेका हुन ।
ब्युरोका प्रमुख डिआइजी पुष्कर कार्कीले उपचारका नाममा यौनजन्य क्रियाकलाप गर्ने र धम्काउने धर्मगुरुलाई पक्राउ गरिएको बताए ।

 

ब्युरोका अनुसन्धानमा रिम्पोछे टुल्कुले १० बर्ष देखी दक्षिणकाली नगरपालिका चाल्नाखेल वोशन स्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा संञ्चालन गरी बसेका हुन । गुम्बामा महिलाहरूको संख्या धेरै रहेको छ। उनले उपचार गराउन आएका महिलाहरूलाई उपचारको क्रममा एक्लोकोठामा निर्वष्त्र गराई जवरजस्ती शरिरीक सम्बन्ध राख्ने गरेका थिए । पिडित महिलाहरूलाई सो कुरा कसैलाई भनेको खण्डमा ठुलो क्षती हुने पुन रोग बल्झिने र रोगको उपचारको निम्ती आफैसँग यौन सम्पर्क राख्नु पर्ने बताउदै आएका थिए ।
उनले गुरू तेतिस कोटी देउताको अवतार भएको, गुरू रिसाएमा अनिस्ठ हूने भनी डर त्रास देखाई भ्रममा पार्ने गरेका थिए । यतिसम्म की पिडित महिलाहरूलाई परपुरूष संग विवाह गरेमा मृत्यु समेत हुन्छ भनी त्रस देखाई पिडितहरूलाई बारम्बार यौन सम्पर्क गर्ने गरेका थिए ।
ब्युरोले काठमाडौं जिल्ला अदालतबाट जवर्जस्ती करणी तथा बिधुतीय कारोवार ऐन अन्तर्गतको मुद्दामा पाँच दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।

@C PARDAFAS.COM

Advertisements

  • भाइबरमा २५ लाखको चिठ्ठाको लोभमा ठग्लान
  • केन्द्रीय अनुसन्धान ब्युराेकाे सर्वसाधारणलाइ हाेसियार हुन अपिल
  • देशभरका प्रहरी युनिटमा ठगीएकाे उजुरी अाउन थाल्याे
  • फाेन अाए प्रहरीमा खबर गर्नुहाेस

काठमाडौं– मेरा एकजना मित्रले विहीबार बिहानै फोन गरे । उनी खुसी र आशंका मिश्रित स्वरमा भन्दै थिए ‘हिन्दी भाषामा मेरो यो नम्बरमा चिठ्ठा परो, २५ लाख भारतीय रुपैयाँ आउने भयो, ४० हजार जम्मा गर्न भन्दै छ,’ । मैले घटना बिस्तारमा सोधे । कसैले उनको भाइबर नम्बरमा कल गरेको रहेछ । पहिलो फोनमा चिठ्ठा परेको भन्दै अर्को फोनमा कल गर्न भनेछ । सोझा ती मित्रले त्यहाँ फोन गर्दा चिठ्ठा परेको छ, खाता र प्रक्रिया दस्तुर भन्दै प्रभु बैंकको एउटा खाता नम्बरमा पैसा जम्मा गर्न भनेछ । यसरी हिन्दीमा पैसा जम्मा गर्न बारम्बार भनेपछि ती मित्रलाई शंका लागेर मलाई फोन गरेका रहेछन ।
मैले स्पष्टसँग भने ‘जीवन जी अहिले अनलाईन म्यासेन्जर जस्तै भाइबर र ह्वाटस एप प्रयोगगर्दै ठगीगर्ने अन्तर्राष्ट्रिय गिरोह सक्रिय छ, यस्ता कल नेपालका गाँउ–गाँउमा आउछ, विश्वासगर्दा ठगिएका थुप्रै घटना छन ।
अन्तर्राष्ट्रिय अपराधको अनुसन्धानगर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सर्वसाधारणलाई होसियार हुन विहीबार अपिल गरेको छ । ब्युरोका प्रमुख डिआइजी पुष्कर कार्कीले यस्ता ठगहरुबाट बच्नु भनेको होसियारी नै भएकाले सर्वसाधारणलाई अपिल गरिएको बताए ।

ब्युरोका प्रवक्ता एसपी जीवन श्रेष्ठले त्यस्ता गिरोहको प्रलोभनमा परी केही व्यक्तिहरुले भने बमोजिमको रकम जम्मा समेत गरिदिई ठगिएको भनी विभिन्न प्रहरी कार्यालयमा तथा केन्द्रीय अनुसन्धान ब्यूरोमा समेत उजुरी पर्न आएकोले अपिल जारी गरेको बताए । उनले यसरी विदेशी नम्बर तथा म्यासेन्जरहरुबाट कोही कसैले उल्लेखित व्यहोरा सहित फोन गरेमा प्रलोभनमा नपर्न हुन तथा त्यस्तो फोन आएमा उपत्यका स्थित अपराध महाशाखा तथा नजिकको प्रहरी कार्यालयमा उजुरी गर्न सबैलाई आग्रह गरे ।

सांकेितक तस्विर

  • काठमाडौं र पोखरामा विदेशी एटिएम डाटा चोर सक्रिय
  • एक बुल्गेरियन सीआइबीको फन्दामा
  • १८ विदेशी नागरिक ब्युराेकाे फन्दामा 
  • एक कराेड ७५ लाख भन्दा बढि  विदेशी तथा नेपाली रूपैयाँ बरामद 

काठमाडौं– पर्यटन भिषामा आएर विदेशी तथा नेपालीहरुले प्रयोग गर्ने एटिएम मेशिनमा स्किमर मेशिन राखेर डाटा चोर्ने कार्यमा संलग्न एक विदेशी नागरिक केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को फन्दामा परेका छन ।
ब्युरोले एटीएमबाट अनाधिकृत रुपमा रकम निकाल्ने कार्यमा संलग्न राहदानी नम्वर ३८३१७३२०० बाहक बुल्गेरियन नागरिक भिटालीय भासिलीभिच नेकिटलाई पक्रेको हो । काठमाडौँ महानगरपालिका–२६ ठमेल नरसिंहचोकस्थित होटल डिस्कभरीको कोठा नम्बर ३०४ बाट नेकिटलाई शुक्रबार पक्राउ गरेको हो ।
ब्युरोका अनुसार नेकिटका साथबाट विभिन्न कार्ड १८ थान, ग्लोबल आइएमई बैंक, सानिमा बैंक तथा नबिल बैंकको एटीएम मेसिनबाट रकम निकालेको स्लिप ३ थान बरामद गरेको हो । यस्तै बिद्युतीय उपकरणहरु खोल्न प्रयोग हुने विभिन्न प्रकारका औजारहरू ५ थान लगायतका सामाग्रीहरु सहित नेकिट ब्युरोका फन्दामा परेका हुन।
ब्युरोमा अपरिचित पुरुषले विभिन्न बैंकका एटीएमबाट अनधिकृत रुपमा रकम निकाल्न प्रयास गरिरहेको सूचना आएपछि ब्युरोको पिलर टु सक्रिय भएको थियो । आर्थिक अपराध हेर्ने ब्युरोको पिलर टुको अनुसन्धानमा नेकिटले नेपाल इन्भेष्टमेन्ट बैंकको ठमेलस्थित एटीएम मेसिनमा स्किमर मेसिन जडान गरेको भेटिएको हो।
‘काठमाडौंका एटीएममा गोप्य निगरानी तथा अनुसन्धान गदै जाँदा एटिएम कार्डको डाटा चोरी विदेश लैजाने तथा अनधिकृत रुपमा रकम निकाल्ने कार्यमा निजको संलग्नता रहेको खुलेको छ, थप अनुसन्धान भै रहेको छ,’ ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले पर्दाफासलाई बताए ।
ब्यूरोले एटिएम ठगी सम्बन्धी विभिन्न समयमा गरेको कारवाहीमा ४ रोमानियन, ४ टर्कीस, ४ बुल्गेरियन, ४ मोल्दोभियन र २ भारतीय गरी जम्मा १८ जना विदेशी नागरिकहरु पक्राउ गरिसकेको छ । ब्युरोका अनुसार उनीहरुबाट नेपाली ८८ लाख ६८ हजार ८ सय ५० रुपैयाँ, अमेरिकी डलर ७३ हजार ५ सय ८०, युरो ६४ हजार १ सय ७५ र विभिन्न एटीएम कार्ड १ हजार ३ सय २६ थान बरामद गरेको छ ।
पक्राउ नेकिटलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम आवश्यक अनुसन्धान कार्य भइरहेको व्यूरोले जनाएको छ ।

काठमाडौं– प्रहरीले कोटेश्वरको एउटा होटलमा एकजना बालससँग कुर्कम गरिरहेका नेदल्याण्डका ७५ वर्षिय बृद्धलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले बिशेष सुचनाका आधारमा शुक्रबार होटलको कोठाबाट नेदरल्याण्डका नागरिक बर्ष ७५ का हेनरीकस एडिरिअस जेसेफस करेजसेनलाई पक्राउ गरेको हो ।

ब्युरोले उक्त कोठाबाट एकजना नेपाली पिडित बालक समेतलाई उद्दार गरिएको जनाएको छ। ब्युरोले बाल यौन दुराचार अपराध अन्तर्गत काठमाण्डौ जिल्ला अदालतबाट म्याद लिई मुद्धा दर्ता गरी अनुसन्धान कार्य जारी राखेको छ ।

जबर्जस्ती करणी अन्तर्गत उक्त बाल यौन दुराचार अपराधमा अधिकतम १३ बर्ष कैद सजाय तथा पिडितलाई मनासिव माफिकको क्षतिपूर्ति समेत भराउने कानुनी व्यवस्था रहेको छ ।