Posts Tagged ‘Democratic Lawyer’

प्रधानन्यायाधीश गोपाल पराजुलीले नियोजित रुपमा न्यायालय र न्यायाधीशको तेजाेबधगर्न संस्था र ब्यक्ति संगठितरुपमा परिचालन भएको बताएका छन । उनले चितवन जिल्लामा भएको एक कार्यक्रमलाई संबोधनगर्नेक्रममा न्यायाधीशको तेजाेबधगर्ने तत्वसँग नडराउन आग्रह गरेका हुन।

उनले न्याय सम्पादनगर्दा आउने गाली र अपजशबाट रत्तिभर विचलित नभई न्याय सम्पादनगर्न देशभरका न्यायाधीशहरुलाई निर्देशन दिएका हुन । उनले न्याय सम्पादन गर्दा विचलित नभई, रतिभर नडराई निर्भिक भएर न्याय दिन निर्देशन दिएका हुन।

जिल्ला अदालत चितवनले पराजुलीको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा बोल्दै पराजुलीले यदाकदा फैसलापछि आउने प्रतिक्रियाबाट केही न्याय सम्पादन विचलित देखिएको बताएका थिए । उनले आफुले अघि सारेका ३९ बुँदे कार्ययोजनाको कार्यन्वयनमा जोड दिए ।
उनले भने न्यायाधीशहरूको मनोबललाई तेजोबध गराउन विभिन्न पात्र परिचालित भएका हुन्छन, यहाँहरु डराउनु पर्दैन। पुराना मुद्दाहरूलाई कार्ययोजनामा राख्दै चाँडोभन्दा चाँडो फैसला गर्न पनि उनले निर्देशन दिए।
प्रधानन्यायाधीश पराजुलीले कानुन व्यवसायीलाई लक्षितगर्दै न्यायाधीशका पनि न्यायाधीश कानुन व्यवसायी भएकाले स्वार्थका कारण मर्यादालाई नबिर्सन आग्रह गरेका थिए ।
चितवन जिल्ला अदालत बार एशोसियशनले प्रधानन्यायाधीश पराजुलीको अभिनन्दन रं वरिष्ठ अधिवक्ताहरूको सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा वरिष्ठ अधिवक्ताहरू अध्यक्ष केसी, केन्द्रीय सदस्य इन्दु कोइराला र ज्ञानेन्द्र अधिकारी रहेका छन।

Advertisements