Posts Tagged ‘CHECKING’

सांकेतिक तस्विर

काठमाडौं– ललितपुर च्यासलका दुई युवाले बुधबार डिउटीमा रहेका प्रहरीलाई भकुरेको खबर प्रहरी प्रधान कार्यालय समाचार कक्षले पठाएको छ । नागरिकको चुटाई खाने प्रहरी हवल्दार रहेछन, बिनायक लाल यादव र कुटने रहेछन ललितपुर च्यासलका प्रेम र उमेश महर्जन ।
छिटोछरितो भन्दै सबैले प्रयोगगर्न थालेपछि जामको पर्याय बनेको काठमाडौं र ललितपुर जोडने पुलमा बुधबार वर्दीधारी प्रहरी र बिनावर्दीका नागरिकबिचमा घम्साघम्सी भएको हो । यहाँ ट्राफिक व्यवस्थापन र नाका सुरक्षामा बसेका प्रहरी र सर्वसाधारण बिच दिनहुँ भनाभन भै रहेको हुन्छ । बुधबार भने घम्साघम्सी नै भएछ ।
प्रहरीका अनुसार युएन पार्कको नयाँ पुलमा महानगरीय प्रहरी प्रभाग पाटनढोकाबाट खटिएको प्रहरी टोलीलाई जाँच गर्नेक्रममा हातपात गर्ने ललितपुर महानगरपालिका–८ च्यासल बस्ने ५२ बर्षीय प्रेम महर्जन र सोही स्थान बस्ने ३१ बर्षीय उमेश महर्जनलाई बुधबार नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले बा.२ च ५९०८ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुले महानगरीय प्रहरी प्रभाग पाटनढोकामा कार्यरत प्रहरी हवल्दार विनायक लाल यादवलाई हातपात तथा कुटपिट गरेका थिए ।

Advertisements