Posts Tagged ‘Axa-Wai International’

काठमाडौं : महानगरीय प्रहरी अपराध महाशाखाको नियन्त्रणमा रहेका सप्तरी बिष्णुपुरका अशोककुमार यादव सुटेट–बुटेट छन । बोलीचाली राम्रो छ । अग्रेजी भाषाको पनि राम्रै ज्ञान छ । केही कर्मचारी राखेर चावहिल मित्रपार्कमा शानदार कार्यालय संचालन गरेका छन । र कार्यालयलाई नाम दिएका छन–अक्सा वाइ इन्टरनेशनल प्राइभेट लिमिटेड । उनलाई सहयोग गरिरहेकी छन, रौतहटको बिजयापुर नगरपालिका–५ घर बताउने ३८ वर्षीय इश्वरी शिवभक्ती यादवले ।

यादवले संचालन गरेको अक्सा वाई बिशुद्ध शैक्षिक परामर्श दिने अधिकारप्राप्त कार्यालय हो । तर तेस्रो देश अध्ययनका बहानामा गएर मोटो रकम कमाउने प्रलोभनमा भौतारिएका युवाका लागि यादवको अक्सा वाईले सबै प्रपञ्च मिलाउछ ।

महाशाखाका अनुसन्धान अधिकारीका अनुसार यादवले शैक्षिक परामर्श दिने कार्यालयबाटै क्यानडा, टर्की र मकाउ रोजगारका लागि पठाउने प्रलोभनमा युवाहरुलाई घर न घाटका बनाई रहेका छन । महाशाखाले रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ घर भएका विवेक भुषाल सहित ४ जनालाई क्यानडा, टर्की, मकाउ लगायतका देशमा राम्रो रोजगारीमा पठाउने प्रलोभनमा ठगी गरेको आरोपमा यादवद्धयलाई नियन्त्रणमा लिएपछि शैक्षिक परामर्शका आवरणमा यादवले गरिरहेको अपराध बाहिर आएको हो ।

निवेदकरुबाट प्रतिब्यक्ति तीन देखि चारलाख बुझाएपनि यादवले लामो समयसम्म विदेश पठाउनेतर्फ कुनै चासो देखाएन्न । यादवको आलटालबाट आजित भएका युवाहरु आफु ठगिएको थाहपाएपछि महाशाखा आई पुगेका हुन ।
महाशाखाका अनुसार यादवले अनिवार्य गरिएका सरकारी स्वीकृती समेत नलिई शैक्षिक परामर्शका लागि खोलिएको संस्थाबाट अन्य काम कारवाही भै रहेकाले ठगी महल अन्र्तगत कारवाही अघि बढाउने जनाएको छ । प्रहरीले दुबैलाई बुधबार महाराजगञ्जबाट पक्राउ गरेको हो।

Advertisements