काठमाडाैं– भारतीय गुप्तचर संस्था अनुसन्धान औंर बिश्लेषण विङ (रिसर्च एण्ड एनालाइसिस विङ ‘र’) को नाममा तीनय बढि युवा ठगिएका छन । ठगीमा संलग्न आरोपीले नेपालस्थित भारतीय दुतावासको लेटर प्याड र ‘र’ कै लोगो समेत प्रयोगगरि नक्कली नियुक्ती पत्र समेत तयार पारेर युवाहरुलाई रोजगारीका नाममा ठगेका हुन ।
महानगरीय अपराध महाशाखाले सप्तरीका रमाकान्त नोनियालाई आइतबार कलंकीबाट पक्रेको हो। रमाकान्तले केही महिनादेखि २ सय २० जनाभन्दा बढी मानिसलाई ‘र’ मा जागिर लगाइदिने भन्दै रकम लिने गरेका थिए।
खाडी देशबाट केही समय अघि फर्किएका रमाकान्तले युवालाई नियुक्ती पत्र दिनुका साथै सूचना संकलनका लागि आधार क्षेत्र समेत बाँडेका थिए । उनले मासिक ५० हजार भारतीय रुपैयाँ तलब तथा सुविधा र परिचय सधै गोप्य राख्न भन्दै विभिन्न नम्बर उपलब्ध गराएका थिए ।
तर नियुक्ति पत्र पाएको लामो समयसम्म पनि जागिरको टुङगो नलागेपछि नक्कली नियुक्ती पत्र बोकेर युवाहरुको एउटा समुह प्रहरीसम्म पुगेको थियो । तर यसअघि भारतीय दुतावासले घटनाक्रमको सूचना प्रहरी प्रधान कार्यालयलाई दिएर आवश्यक अनुसन्धानका लागि आग्रह गरेको थियो ।
भारतको अन्तर्राष्ट्रिय गुप्तचर संस्था ‘र’ को जागिरको प्रलोभनमा पर्ने युवाले रमाकान्तले आफुलाई भारतीय दुतावासको खास मान्छे भन्दै परिचय दिने गरेका थिए ।