काभ्रेमा कुटपिट गरी आफ्नै बुबाको हत्या, छोरा पक्राउ
2021-02-12 17:29:00
काभ्रेमा आफ्नै बुबाको कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पाँचखाल नगरपालिका–७ जोरपिप्लेका ३८ वर्षीय राजु गौतमलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
राजु र उनका बाबु ५५ वर्षीय बलराम गौतमबीच घरायसी विषयमा विवाद भएपछि राजुले कुटपिट गरेको प्रहरीले जनाएको छ । बलरामको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले राजुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया