भारतीय कारागारमा ३९ वर्षदेखि बन्दी जीवन बिताइरहेका इलामका दीपक जैसी रिहा हुँदै
भारतको पश्चिम बंगाल सरकारको अधिनमा रहेको दमदम सेन्ट्रल करेक्सन होममा पछिल्लो ३९ वर्षदेखि बन्दी जीवन बिताइरहेका डुप्तप्रसाद तिम्सिना (जैसी) नाम भएका दीपक जोशीको रिहाईका लागि सरकारले पहल गरेको छ ।
कोलकोतामा रहेको यो कारागारमा रहेका इलामका जोशी सन् १९८१ देखि बन्दी जीवन बिताइरहेका छन् । यो कारागारमा भने उनलाई १५ वर्ष अघि ल्याईएको हो ।
कोलकोतास्थित महाबाणिज्य दूतावासले जोशीको इलामस्थित घर र उनको परिवारलाई सम्पर्कमा ल्याएको छ । यस्तै उनीसँग भेटघाटका लागि पश्चिम बंगाल जेल प्रशासनलाई औपचारिक पत्र लेख्ने काम भएको छ ।
महाबाणिज्य दूत ईश्वरराज पौडेलले जोशीको रिहाईका लागि पश्चिम बंगाल सरकार न्याय प्रशासनसँग समेत छलफल भइरहेको बताए । पर्दाफासको सम्पर्कमा आएका उनले जोशी चाडै रिहा हुनेमा विश्वास ब्यक्त गरे । उनका अनुसार अब केही दिनमै जोशीको मुद्दाको सुनवाई सुरु हुनेछ । उनी अदालतको आदेशमा रिहा हुनेछन् ।
पहिलो पटक हिमालखबर डटकमले यो समाचार प्रकाशमा ल्याएपछि जोशीको बिषयमा खोजबिन सुरु भएको थियो । हिमालखबरका अनुसार दीपक कुन आरोपमा पक्राउ परेका थिए र चार दशकदेखि कुन अभियोग लगाएर जेलमा राखिएको हो भन्ने खुलेको छैन। सबभन्दा गम्भीर कुरा, उनले अहिलेसम्म अदालतमा स्वच्छ सुनुवाइको मौका नै पाएका थिएनन् ।
हिमालखबरमा प्रकाशित समाचारको मुख्य अंश यस्तो छ ।
अर्कै मुद्दामा पक्राउ परेका र १० वर्ष दमदम करेक्सनल होममै कैद सजाय भुक्तान गरेर छुटेका भारतीय नागरिक राधेश्याम दासले यो घटना बाहिर ल्याएपछि मात्र दीपकबारे थाहा भएको हो। दासले आफू थुनामा रहँदा दीपकलाई भेटेको र उनले बताएको आधारमा यो कुरा बाहिर ल्याएको जानकारी दिएका छन्।
एक जना नेपाली ३९ वर्षदेखि भारतीय जेलमा रहेको कुरा किन अहिलेसम्म थाहा भएन ? ३९ वर्षपछि यो घटना कसरी बाहिर आयो ? अर्कै मुद्दामा पक्राउ परेका र १० वर्ष दमदम करेक्सनल होममै कैद सजाय भुक्तान गरेर छुटेका भारतीय नागरिक राधेश्याम दासले यो घटना बाहिर ल्याएपछि मात्र दीपकबारे थाहा भएको हो। दासले आफू थुनामा रहँदा दीपकलाई भेटेको र उनले बताएको आधारमा यो कुरा बाहिर ल्याएको जानकारी दिएका छन्।
प्रतिक्रिया