घरमै सुतिरहेको अवस्थामा लहानमा एक सुनचाँदी व्यवसायीको गोली हानी हत्या
2021-04-11 08:58:00
सिरहाको लहानमा एक सुनचाँदी व्यवसायी युवाको गोली हानी हत्या गरिएको छ ।
लहान नगरपालिका-२२ मा सुनचाँदीका पसल गरेका ४० वर्षीय प्रदीपकुमार विश्वकर्माको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।
सिरहाका एसपी सुदीपराज भण्डारीका अनुसार शनिबार मध्यराती सुतिरहेको बेला घरभित्र प्रदेश गरी हतियारधारी समूहले उनीमाथि गोली प्रहार गरेका थिए ।
हतियारधारी समूहले विश्वकर्माकी श्रीमती अमिता विश्वकर्मामाथि पनि धारिलो हतियार प्रहार गरेको छ । घाइते उनको लहान अस्पतालमा उपचार भैरहेको एसपी भण्डारीले जनाएको छ ।
प्रहरीले शंकास्पद दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । एसपी भण्डारीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।पोष्टमापर्टम रिपोर्ट आएपछि कुन हतियार प्रयोग भएकोबारे यकीन भन्न सकिने उनले जनाए ।
प्रतिक्रिया