अध्यादेशबाट बजेट ल्याएर प्रधानमन्त्रीले फेरि संविधानको उल्लंघन गरे : विपक्षी गठबन्धन
विपक्षी गठबन्धनले संघीय संसदमा पेश हुनुपर्ने बजेट अध्यादेशबाट ल्याएर सरकारले फेरि संविधानको उल्लंघन गरेको जनाएका छन् ।
आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको गठबन्धनको बैठकले प्रधानमन्त्रीबाट संविधानको अवहेलना र उल्लंघन गर्ने काम एकपछि अर्को गरी भइरहेको आरोप लगाएको हो ।
‘सरकारको संरक्षणमा भ्रष्टाचार कमिशनखोरी बढ्दो छ, रुाज्ययन्त्रको स्वेच्छाचारी रुपमा दुरुपयोग हुँदै छ,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
विपक्षी गठबन्धनले प्रतिनिधि सभाको पनुःस्थापना र १४९ सांसदहरुको हस्ताक्षरमा विकल्प प्रधानमन्त्रीका रुपमा दाबी प्रस्तुगरिसकेको अवस्थामा देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनै पनि काकारबाही नगर्न सरकालाई चेतावनी दिएको छ ।
‘सरकारका संविधानविपरीतका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगही नहुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
संवैधानिक सर्वोच्चता, कानूनी शासन प्रणाली र स्वतन्त्र न्यायालय रहेको देशमा सर्वोच्चमा अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय पाउनेमा हामी विश्वस्त गर्छौं ।
प्रतिक्रिया