Thursday, 28 October 2021 | २०७८ कार्तिक ११, बिहिबार

साँझालाई सरकारले सधै पाल्न सक्दैन्ः मन्त्री पद्माकुमारी अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्याल । 

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले प्रगति गर्न नसक्ने साझा प्रकाशनलाई थप आर्थिक सहयोग गर्न नसक्ने स्पष्ट पारेकी छन् । 


साझा प्रकाशनको ५७ औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित विचार गोष्ठीमा बोल्दै मन्त्री अर्यालले बिजनेस गर्न नसक्ने र संस्थागत सुधार पनि गर्न नसक्ने संस्थालाई पाल्न सरकारले सधै पैसा दिन नसक्ने बताएकी हुन् । 


आफू मन्त्री भएदेखि नै १५÷१६ करोड रुपैयाँ निकाशा दिएको संस्थाले अझै सुधार गर्न नसक्ने हो भने सरकारले अव थप पैसा दिन नसक्ने उनले बताएकी हुन् । 

 

उनले आर्थिक अवस्थालाई सुदृढ बनाउन बिजेनस खोज्न समेत आग्रह गरिन्  ।

 

त्यसभन्दा अगाडि साधारणसभा गरेर संस्थाका सञ्चालक परिवर्तन गरी संस्थालाई जीवन्त बनाउन समेत निर्देशन दिइन्।

 

भर्चुअल माध्यमबाट भएपनि साधारण सभा गरेर काम गर्ने मान्छे सञ्चालक समितिमा ल्याउन मन्त्री अर्यालको निर्देशन थियो । 

 

साँझा प्रकाशनले पुरानो विनियमलाई समातेर आधुनिक समयमा काम गर्न दिएन भन्दै बस्नु सबैभन्दा कमजोर पाटो  हो । विनियमलाई समय अनुसार परिवर्तन गरेर काम गर्न सकिने अवस्था रहेपनि प्रकाशनले त्यो गरेको छैन् ।


साझा प्रकाशनलाई जहिले पनि कर्मचारी भिड्ने थलो बनाइएको भन्दै काम नगर्ने कर्मचारीलाई निकाल्नुपर्ने मन्त्री अर्यालको बुझाई थियो ।

 

कर्मचारीबीच भिडन्त हुने अवस्थालाई अन्त्य नगर्दा सम्म संस्थालाई अगाडि बढाउन नसकिने पनि मन्त्री अर्यालले बताईन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै