सरकारले संवैधानिक आयोगहरुमा सिफारिस गरेका यी हुन् आधिकारिक नाम (सूचीसहित)
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोग, महिला आयोग, मुस्लिम आयोग, दलित आयोग, आदिवासी जनजाति आयोग, समावेशी तथा वित्त आयोग लगायतका निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको हो ।
परिषद्ले लोकसेवा आयोगको अध्यक्षमा झापाका माधवप्रसाद रेग्मी र सदस्यहरुमा माधव बेल्वासे कपिलवस्तु, वीरवहादुर राई इलाम, उदय सिलवाल ललितपुर र मञ्जुकुमारी महोत्तरीलाई सिफारिस गरेको छ ।
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरुमा डा. हरि पौडेल बाग्लुङ र डा. सुमित्रा श्रेष्ठ ब्याञ्जु ललितपुर सिफारिस भएका छन् ।
निर्वाचन आयोगको सदस्यमा सगुन शम्सेर जबरा कपिलवस्तु सिफारिस भएका छन् । प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा विपीनराज निरौला पाँचथर र सुधाकुमारी झा धनुषा सिफारिस भए ।
महिला आयोगमा जया घिमिरे धनुषा र सावित्राकुमारी शर्मा तिवारी पर्वत सिफारिस भएका छन् । यस्तै दलित आयोगको सदस्यमा सुन्दर पुर्कोटी काठमाडौं सिफारिस भएका छन् ।
राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा. रामकृष्ण तिमिल्सिना कास्की र सदस्यहरुमा पुष्पराज तिमिल्सिना पर्वत र मानप्रसाद खत्री बझाङ सिफारिस भएका छन् ।
आदिवासी जनजाति आयोगमा सूर्यबहादुर गुरुङ खोटाङ सिफारिस भएका छन् । मधेशी आयोगमा आभाकुमारी सप्तरी सिफारिस भइन् । यस्तै थारु आयोगमा डा. उमाशंकर चौधरी नवलपरासी पश्चिम र मुस्लिल आयोगमा मोहम्मद सम्सुल हक सर्लाही सिफारिस भए ।
बैठकमा प्रधानमन्त्रीसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहभागी थिए । कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले बैठक बहिष्कार गरेका थिए ।
यो पनि पढ्नुहोस् :
प्रतिक्रिया