Wednesday, 26 January 2022 | २०७८ माघ १२, बुधबार

सर्वदलीय छलफल गर्दै निर्वाचन आयोग


निर्वाचन आयोगले आज सर्वदलीय छलफल आयोजना गर्ने भएको छ । आयोगले आफ्नै कार्यालयमा दलका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाएको हो ।

 

सरकारले घोषणा गरेको वैशाख १७ र २७ को प्रतिनिधि सभा निर्वाचनका विषयमा छलफल गर्नका लागि आयोगले दलहरुलाई बोलाएको जानकारी दिएको छ । 

 

संघीय र प्रदेश सभामा रहेका दलहरुलाई छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले पर्दाफासलाई बताए । ‘प्रतिनिधिसभाको निर्वाचन र मतदाता नामावली पुनरावलोकनका विषयमा छलफल गर्दै छौं,’ उनले भने ।

 

आयोगले निर्वाचनको तयारी गरे पनि नेकपा विभाजनको मुद्दा भने टुंग्याउन सकेको छैन । यसअघि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले आयोगमा नै पुगेर निर्वाचनको तयारी रोक्न आग्रह गरेका थिए । 

 

निर्वाचन आयोगले जिल्ला जिल्लामा आयोजना गरिरहेको सर्वदलीय बैठक रोक्नुपर्ने उनीहरुको माग थियो । उनीहरुले निर्वाचन प्रक्रिया सम्बन्धी काम अगाडि बढाउँदा प्रतिनिधि सभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दामा प्रभाव पार्ने भएकाले निर्वाचन प्रक्रियाका काम रोक्न माग गरेका हुन् ।

 

सर्वोच्च अदालतको अन्तिम फैसला नआउञ्जेल निर्वाचन प्रक्रियाका कार्यक्रम रोक्नुपर्ने उनीहरुको माग थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै