होटल हयातबाट बिहारका पूर्वमुख्यमन्त्री लालु यादवका सालाको रकम चोरी
होटल हयातबाट भारत बिहारका पूर्वकेन्द्रीय मन्त्री तथा मुख्यमन्त्री लालुप्रसाद यादवका साला सुवास यादवको रकम चोरी भएको छ । गत बुधबार काठमाडौंस्थित उक्त होटलमा आइपुगेका उनको सोही दिन १ लाख ३० हजार रुपैयाँ चोरी भएको हो ।
यादवसँगै उनका निकटका अर्का व्यक्ति सुजित सिंह पनि सँगै होटल पुगेका थिए । रकम चोरी भइसकेपछि रिसाएका यादव हयात छोडेर सोल्टी होटलमा बस्न गएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार यादवले होटल हयातको कोठा नम्बर ५०७ लिएका थिए । त्यहीँबाट रकम चोरी भएको थियो । यादवले रकम चोरी भएकोबारे महानगरीय प्रहरी वृत्त बौद्धमा पनि उजुरी दिएका छन् ।
वृत्तका प्रमुख डीएसपी नवीन कार्कीले रकम चोरी भएको भन्दै यादवले उजुरी दिएको जानकारी दिए । ‘यादवले होटल हयातबाट आफ्नो रकम चोरी भएको उजुरी दिनुभएकाे छ। हामी अनुसन्धान गर्दै छौं, ’ उनले भने । यादव आज भारत फर्किसकेका छन् ।
प्रतिक्रिया