निगमका महाप्रबन्धकद्वारा पदभार ग्रहण
2020-10-13 08:40:00
नेपाल वायुसेवा निगमका नवनियुक्त महाप्रबन्धक डिम प्रसाद पौडेलले पदभार ग्रहण गरेका छन् ।
सरकारले ४ वर्षका लागि पौडेललाई निगमको महाप्रबन्धकमा नियुक्त गरेको हो । चाटर्ड एकाउन्टेन्टका साथै व्यवस्थापन विज्ञका रूपमा परिचित पौडेल यसअघि निगम सञ्चालक समितिको सदस्य थिए ।
नवनियुक्त महाप्रबन्धक पौडेलले उड्डयन क्षेत्रमा आफ्नो अनुभव नयाँ भए पनि निगमलाई गतिशील बनाउन सबैको सहयोगको अपेक्षा गरेको बताए । उनले निगमलाई गतिशिल बनाउन हरसम्भव प्रयास गर्ने बताए ।
प्रतिक्रिया