Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

भारतमा संक्रमणको चपेटामा नेपाली, ६० हजारलाई तत्काल उद्धार गर्नुपर्ने

भारतस्थित नेपाली दूतावासले कोरोना भाइरस संक्रमणको चपेटामा परेका ६० हजार नेपालीलाई तत्काल भारतबाट उद्धार गर्नुपर्ने आवश्यक रहेको बताएको छ । 

 

दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतका मुख्य शहर दिल्ली र मुम्बईमा ३० हजारभन्दा धेरै नेपाली अलपत्र परेका छन् । त्यहाँ लकडाउन लागु हुँदा नेपालीहरुको जनजीवन झनै सकसपूर्ण बन्न थालेको छ । 

 

दिल्ली, मुम्बईसँगै गुजरात, महाराष्ट्र, पन्जाब, चेन्नई र राजस्थान लगायत स्थानबाट ६० हजारभन्दा धेरै नेपालीले अलपत्र परेको र आफूहरुलाईं नेपाल फर्किने वातावरण बनाईंदिन आह्वान गरेको दूतावासका उपनियोग प्रमुख भरतराज रेग्मीले बताए । 

 

उनीहरूको अवस्थाबारे नेपाल र भारत सरकारसँग छलफल भईंरहेको रेग्मीले बताए । 

 

सबैभन्दा बढी मार दिल्ली र मुम्बईंमा रहेका नेपालीहरुलाईं परेको छ । दिल्लीमा मात्रै संक्रमणबाट ३ हजारभन्दा धेरै नेपाली उपचारत रहेको र त्यहाँ २० जनाकाे  ज्यान गइसकेकाे नेपाली हकहितका लागि काम गर्दै आएको स्थानीय संस्था मिसन नेपालले जनाएको छ ।

 

यस्तै मुम्बईमा समेत कोरोना लागेर २ हजारभन्दा धेरै नेपाली नागरिक अस्पताल भर्ना भएको संस्थाले जनाएको छ ।  

प्रतिक्रिया

1
  • Plxtak

    फाल्गुण ३, २०७८

    cialis overnight delivery - cialis 40mg price order generic cialis 10mg

प्रतिकृया थप्नुहोस्
  • Plxtak

    फाल्गुण ३, २०७८

    cialis overnight delivery - cialis 40mg price order generic cialis 10mg

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै