.jpg)
४० कटेका र ५० ननाघेका पुस्ताको काँधमा स्थानीय सरकार
जेठ १०, २०७९
.jpg)
अर्थतन्त्रको स्थायित्वको लागि सरकारले दीर्घकालीन नीति बनाउन आवश्यक : राजेन्द्र मल्ल (अन्तर्वार्ता)
जेठ ९, २०७९

ट्रम्पकालिन कठोर अध्यागमन नीतिलाई उल्टाउने लक्ष्यका साथ अमेरिकी राष्ट्रपति जो बाइडेनले तीनवटा कार्यकारी आदेश जारी गरेका छन् ।
एउटा कार्यकारी आदेश मार्फत सिमाक्षेत्रमा बिछोडिएका परिवारको पुनर्मिलनको लागि टास्क फोर्स बनाइएको छ । जसको नेतृत्व डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले गर्नेछन् ।
टास्क फोर्सले बिछोडिएका बुबाआमा र बालबालिका पत्ता लगाउनका लागि अमेरिकी सरकार, सरोकारवालाहरु, प्रभावित परिवारका प्रतिनिधिहरु लगायतसँग समन्वय गर्नेछ ।
सेन्ट्रल अमेरिकन माइनर कार्यक्रम लगायतका
अध्यागमनबारेका कार्यक्रमहरुको पुनरावलोकन गर्न दोस्रो कार्यकारी आदेश जारी गरिएको छ ।
ओबामाकालमा सुरु भएको यो कार्यक्रमले बिछोडिएका बालबालिकालाई अमेरिकामा रहेका परिवारसँग मिलनका लागि अनुमति दिन्छ । ट्रम्पले यो कार्यक्रम सन् २०१७ मा खारेज गरेका थिए ।
तेस्रो कार्यकारी आदेशले विदेश मन्त्रालय, न्याय मन्त्रालय र गृह मन्त्रालयलाई ट्रम्पकालमा लागु गरिएका अध्यागमनबारेका नीति र निर्देशिकाको पुनरावलोकनका लागि निर्देशन दिएको छ ।
कानूनी अध्यागमन प्रणालीमा अवरोध गर्ने सबै नीतिका साथै पब्लिक चार्जको नीतिबारे पनि पुनरावलोकनका लागि निर्देशन दिइएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit