अजोड इन्स्योरेन्सले रोक्का गर्यो हकप्रद सेयरको विशेष प्रस्ताव
अजोड इन्स्योरेन्सले हकप्रद सेयरका लागि विशेष प्रस्ताव लैजान गरेको तयारी हाललाई रोक्का भएको जनाएको छ । इन्स्योरेन्सले सूचना जारी गर्दै ७ वैशाखमा तय गरिएको वार्षिक साधारणसभामा उक्त प्रस्ताव नलैजाने जनाएको हो ।
इन्स्योरेन्सले हकप्रद सेयरको प्रस्ताव लैजाने सूचना सार्वजनिक गर्नुअघि नै सेयरबजारमा सेयर कारोबार अस्वाभाविक देखिएको थियो । त्यसपछि नियामक निकाय धितोपत्र बोर्डले ‘इन्साइडर ट्रेडिङ’ को आशंकामा छानबिन गरिरहेको छ ।
यस प्रकरणपछि बीमा समितिले पनि इन्स्योरेन्सलाई विशेष प्रस्ताव स्थगित गर्न निर्देशन दिएको थियो । इन्स्योरेन्सको सञ्चालक समितिको १६ चैतमा बसेको ८७ औं बैठकको निर्णयाअनुसार हाल कायम रहेको कमपनीको चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् प्रत्येक २ कित्ता बरबर १ कित्ताको दरले हकप्रद सेयर जारी गर्ने सम्बन्धी विशेष प्रस्तावको तयारी गरिएको थियो ।
‘बीमा समितिको निर्देशनबमोजिम कम्पनीको मिति २०७७/१२/२५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयाअनुसार यसअघि प्रस्ताव गरिएको पूँजी वृद्धि गर्ने र हकप्रद सेयर जारी सम्बन्धी विशेष प्रस्ताव हाललाई स्थगन गरिएको,’ इन्स्योरेन्सको सूचनामा उल्लेख छ ।
यो पनि हेर्नुहोस् : अजोड इन्स्योरेन्सविरुद्ध विस्तृत अनुसन्धान हुँदै
प्रतिक्रिया