Thursday, 28 October 2021 | २०७८ कार्तिक ११, बिहिबार

सिन्धुपाल्चोकमा सेनाको  ‘अपरेशन सेभ नाम्फा’

नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ पहिरोको उच्च जोखिममा रहेको नाम्फा बचाउन विशेष कारवाही सम्पन्न गरेको छ । 

 

सेनाले नाम्फा देखि करिब १ किलोमिटर माथि रहेको  विशाल ढुङगा बिस्फोटक पदार्थ प्रयोगगरि २३ असोजमा हटाईएको हो । 

 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार विशाल ढुङ्गा २०७२ सालको भुकम्पपछि आफ्नो पहिलेको स्थानबाट केही मात्रामा सरी तल होचो भु–भागमा झर्ने अवस्थामा रहेको थियो ।

 

 

त्यस स्थानको जमिन प्राकृतिक रुपमा निकै खुकुलो रहेको हुँदा वर्षा लगायत अन्य कुनै कारणबाट आफ्नो स्थान छोडेको खण्डमा जुगल गाउँपालिका अन्तर्गत रहेको सान्चो, नाम्फा ठूलो र नाम्फा सानो गाउँमा गम्भिर मानविय र भौतिक क्षति पुर्याउन सक्ने आंकलन गरिएको थियो । 

 

 

यस्तै बलेफी खोला थुनिन गई निर्माणाधिन बलेफी हाईड्रो पावर प्रोजेक्टलाई समेत ठुलो असर पार्ने निश्चित थियो । यस ढुङ्गाका कारण नाम्फा गाउँको १४९ र सञ्च गाउँका ११५ घरहरुमा भौतिक तथा मानवीय क्षति हुने प्रवल सम्भावना रहेकाले स्थानियवासीहरुमा डर एवं त्रासको अवस्था रहेकाले १२ असोजबाट अपरेशन सेभ नाम्फा नाम दिएर विशेष कारवाही संचालन भएको  थियो ।

 

 

जिल्ला विपद् व्यवस्थापन समिति, सिन्धुपाल्चोकको ६ असोजको बैठकले सेनालाई अनुरोध गरेको थियो । त्यसपछि गोरख बक्स गण, कालीसिद्धि गण (ईन्जिनियरिङ्ग) तथा माथिल्लो बलेफि हाईड्रोपावरका प्राविधिकहरुको समन्वयमा उक्त ढुङ्गालाई सुरक्षित रुपमा हटाउनका लागी विस्तृत योजना तयार भएर काम सम्पन्न भएको हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै