Thursday, 28 October 2021 | २०७८ कार्तिक ११, बिहिबार

सेनामा सिपाहीको पेन्सन १६ वर्षमा, कसको कति वर्ष ? (पत्रसहित)


नेपाली सेनाका फलोअर्स र सिपाहीको पेन्सन सेवा प्रवेश गरेको १६ वर्षमा हुने भएको छ । नेपाली सेनाले सैनिक सेवा नियमावली तेस्रोपट संशोधन गर्दै फलोअर्स र सिपाहीको पेन्सन १६ वर्षमा हुने नियम लागू गरेको हो । 

 

नयाँ नियमावलीअनुसार, ०६० साल वैशाख  २८ गते र सोभन्दा पछि नेपाली सेनामा भर्ना भएका फलोअर्स र सिपाहीको पेन्सन अवधि १६ वर्ष बनाइएको उल्लेख छ । 

 

नेपाली सेनाका सिपाहीको पेन्सन अवधि बीचमा १६ वर्ष भए पनि पछि संशोधन गरेर २० वर्ष बनाइएको थियो । पेन्सन अवधि बढाइएपछि लामो समयदेखि सिपाहीहरूले गुनासो गर्दै आएका थिए । नियमावली संशोधनसँगै तल्लो तहमा जागिर खाने सेनालाई राहत मिलेको छ । 

 

सिपाहीजस्तै अन्य दर्जाकाको पनि पेन्सन अवधि परिमार्जन गरिएको छ । नियमावलीअनुसार, अब सेहायक सेनानी र सोभन्दा माथि महारथीको पेन्सन २० वर्षमा हुनेछ । सुवेदार, प्रमुख सुवेदारको १९, जमदारको १८ र प्युठ, अमलदार तथा हुद्दाको सत्र वर्ष कायम गरिएको छ ।    

हेर्नुहोस् पत्र :

प्रतिक्रिया

सम्बन्धित समाचार सबै