Thursday, 28 October 2021 | २०७८ कार्तिक ११, बिहिबार

के नेपाल पक्षसँग लचक भएका हुन् ओली ? 


एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का नेता माधवकुमार नेपालबीच बुधबार भेटघाट भयो । बिहीबार एक कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पार्टीलाई क्षति नहोस् भनेर सम्झाई बुझाइ गर्न केन्द्रित रहेको बताएका छन् । 

 

पछिल्लो समय पार्टीमा कारबाही र घात प्रतिघातको ःश्रृंखला बढेपछि फेरि सहमतिको प्रयास हुन थालेको हो त ? प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस तथा लेनिन जयन्तीको असरमा केन्द्रीय कार्यालय भवन शिलान्यास समारोहमा त्यस्तै संकेत गरेका छन् । 

 

‘उनीहरुले सडकबाट हामीलाई बिभिन्न ढंगले कारबाही गरेको भनेर नगरा पिटाएका हुन् । केपी ओलीलाई सिध्यायौं भनेका हुन् । यति उपद्रो गर्दा पनि अर्को पार्टी खोलेर हिँड्दा पनि कारबाही नगरेर सम्झाइ बुझाई गर्नेमै हाम्रो प्रयास छ । भरसक पार्टीमा क्षति नहोस भनेर व्यक्तिगत तवरमा कुरा गर्ने, उनीहरुलाई सच्याउने र जिम्मेवारी दिने कुरा हुनसक्छ,’ ओलीले भने ।

 

तर समूहगत रुपमा वार्ता नगर्ने प्रधानमन्त्री ओलीले प्रष्ट पारेका छन् । साथै संवादको प्रयासलाई कमजोरी नठान्न पनि उनले नेपाल पक्षलाई चेतावनी समेत दिएका छन् ।  
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै