खोप खरिदमा अनियमितता भएको छैन : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपमा अनियमितता नभएको दाबी गरेका छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले सेरम इन्स्टिच्युट अफ इन्डियाँसँग खोप किन्दा कसैलाई कमिसन नदिएको बताएका हुन् ।
खोप खरिदमा भ्रष्टाचार भयो भन्ने नेताहरुलाइ उनले बुझेर बोल्न चेतावनी दिए । ‘अनर्गल, झुटा अफवाह र आत्मरतिका लागि नबोल्नुस्,’ मन्त्री त्रिपाठीले भने ।
सरकारले सेरमसँग २० लाख डोज कोरोनाविरुद्धको खोप खरिदका लागि सम्झौता गरे पनि १० लाख मात्र डोज आएको छ । यस्तै, ५० लाख डोज खोप खरिदका लागि भएको प्रयास पनि असफल भएको छ ।
यस्तो हुनुमा कमिसन प्रमुख कारण भएको समाचार सार्वजनिक भएपछि कांग्रेस तथा माओवादी केन्द्रका शीर्षस्थ नेताहरुले खोप खरिदमा भ्रष्टाचार भएको सार्वजनिक रुपमा अभिव्यक्ति दिएका थिए ।
मन्त्री त्रिपाठीले सेरमले निर्यात अनुमति पाएपछि नेपालले खोप पाउने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया