एमाले महाधिवेशन : पूर्वमाओवादीका बादलसहित ३ जना निर्वाचित
2021-11-30 16:21:00
नेकपा एमालेको १० औं महाधिवेशनबाट पूर्वमाओवादी पृष्ठभूमिका ३ जना पदाधिकारीमा निर्वाचित भएका छन् । उपाध्यक्षमा रामबहादुर थापा बादल, सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट विजयी भएका हुन् ।
मंगलबार सम्पन्न निर्वाचन मतपरिणामअनुसार सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल र रघुवीर महासेठ पनि निर्वाचित भएका हुन् ।
गोकर्णले १९७६, योगेशले १९६४, छविलाल र पद्माले समान ८०० मत पाएका छन् भने लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ मत पाएका छन् ।
उननीहरुलार्य अध्यक्ष केपी शर्मा ओलीले नै प्रस्ताव गरेका थिए । पछि उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् ।
प्रतिक्रिया