Wednesday, 26 January 2022 | २०७८ माघ १२, बुधबार

कांग्रेस जिल्ला अधिवेशन : ५७ जिल्लाको चुनाव सकिँदा कुन पक्ष अघि ? (सूचीसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबारसम्म ५७ जिल्लामा अधिवेशन सकिएको छ । अधिवेशनबाट जिल्ला सभापति सहित जिल्ला कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको टुंगो लागिसकेको छ ।

 

हालसम्म संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा पक्ष २९ जिल्लामा विजयी भएर अग्रस्थानमा छ । यस्तै, संस्थापन इतर पक्ष अर्थात् वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले २६ जिल्लामा विजय हासिल गरेको छ । दुई स्थानमा अर्का नेता कृष्णप्रसाद सिटौला पक्ष विजयी भएको छ । 

 

प्रदेश दुईका आठ जिल्लासहित २० जिल्लामा भने अधिवेशन हुन बाँकी छ । केही जिल्लाहरुले प्रदेश अधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्ने तयारी गरेका छन् । 

संस्थापन पक्षबाट पक्षबाट विजयी जिल्ला सभापतिहरु

१. गजेन्द्रप्रसाद तुम्याहाङ, ताप्लेजुङ
२. मोहनविक्रम सिंह, हुम्ला
३. पूर्णबहादुर तामाङ (कान्छाराम), रामेछाप
४. ऐनबहादुर शाही, मुगु
५. खडक बोहरा, बझाङ
६. खमबहादुर गर्बुजा, म्याग्दी
७. शंकर गुरुङ, मनाङ
८. केशरबहादुर विष्ट, सल्यान
९. दीपेन्द्र शाही, डोल्पा
१०. भीमबहादुर साउद, डडेल्धुरा
११. कर्णबहादु शाही, जुम्ला
१२. बेदराज सिंह, जाजरकोट
१३. रुपनारायण जवेगु, पाँचथर
१४. डा. टकबहादुर गुरुङ, लमजुङ
१५. नरेन्द्रबहादुर सिंह, डोटी
१६. तेजेन्द्र खनाल, ओखलढुंगा
१७. युवराज जोशी, पर्वत
१८. किशोरदत्त बराल, कास्की
१९. डम्बर खड्का, इलाम
२०. रामकृण खाण, रुपन्देही
२१. प्रेमप्रकाश वली, रुकुम पश्चिम
२२. जितेन्द्र श्रेष्ठ, ललितपुर
२३. तीर्थ लामा, काभ्रे
२४.पदम बोगटी, कञ्चनपुर
२५. खड्क पोखरेल, सुर्खेत
२६. जीतप्रकाश आले, तनहुँ
२७. हिमाल कार्की, उदयपुर
२८. दुर्लभ थापा, भक्तपुर
२९ अरुण प्रकाश सिंह राठौर, बर्दिया

संस्थापन इतर पक्षबाट पक्षबाट विजयी सभापतिहरु

१. दीपक खड्का, संखुवासभा
२. अम्मबहादुर शाही, कालीकोट
३. बर्मा लामा, दोलखा देउवा
४. रोमीगौचन, मुस्ताङ
५. शंकर डाँगी, दाङ
६. नन्दप्रसाद न्यौपाने, गोरखा
७. रामसिंह रावल, बाजुरा
८. केशव श्रेष्ठ, अर्घाखाँची
९. विष्णुकुमार गिरी, प्यूठान
१०. चतुरबहादुर चन्द, बैतडी
११. विनोद बान्तवा, भोजपुर
१२. अर्जुनबहादुर तुम्बाहाङ्फे, तेह्रथुम
१३. किशोर आचार्य, रोल्पा
१४. विष्णुकुमार राई, खोटाङ
१५. ललितसिंह बोहरा, दार्चुला
१६. राजु थापा स्याङ्जा
१७. हिमालदत्त श्रेष्ठ, पाल्पा
१८. अर्जुनकुमार पोखरेल, पश्चिम नवलपरासी
१९. मणिराम रेग्मी, दैलेख
२०. अब्दुलकलाम, कपिलबस्तु
२१. केदार भण्डारी, सुनसरी
२२. रमेश महत, नुवाकोट
२३. कृष्ण बानियाँ (सबुज), काठमाडौं
२४. रामनाथ अधिकारी, धादिङ
२५. खिलध्वजपन्थी, गुल्मी
२६. केशरमान रोका, रुकुमपूर्व

सिटौला पक्षबाट विजयी सभापतिहरु

१. जित शेरचन, बाग्लुङ
२. देउमान थेवे, झापा
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

जनतासँग माफी माग्दै भोट माग्न जानुहोसः प्रधानमन्त्री ओली

संघिय संसदमा अविश्वासको प्रस्ताव सामना नगरी हठात्मा संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफु बाध्य भएर निर्णयमा पुगेको’ कथन स्थापित गर्न जोडबल लगाएका छन् । 

मङ्सिर १४, २०७८