बालुवाटारमा कुरा लाउने, जानेबेला शब्द जालले फकाउने !
उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापाबिचको सम्बन्ध सुरुवाती चरणमा ठिकै थियो। । यसमा तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षत्रीको भुमिका थियो । मन्त्री पोखरेलसँग निकट रहेका क्षत्री अवकाश भएपछि यो प्रधानसेनापति थापासँग सम्बन्ध यथावत रहन सकेन् ।
प्रधानसेनापति थापाले अघिल्ला चिफलाई शंकाले हेर्ने गर्न थाले । उनको मनमा सधै एउटै कुरो खेल्ने– कतै मेरा बिषयमा रक्षामन्त्री पोखरेलसम्म नकारात्मक कुरो त पुगेन् । यो उनको आशंका मात्र थियो । उनी निकट जर्नेलको बुझाईमा मन्त्री पोखरेलले सेनाका गतिविधीमा चासो राख्नु र केही बिषयमा निर्देशन दिनु प्रधानसेनापति थापाका लागि स्वीकार्य थिएन् । यही कारण जंगी अड्डा र सिंहदरबारबिचको द्वन्द्व संचारमाध्यममा आउन थाले । एकअर्काका कुरा बालुवाटार पुग्न थालेपछि सम्बन्ध चिसो बन्दै गयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरेल र थापा दुबैलाई नचिडाउने नीतिसँगै मन्त्रालय आफु मातहत राखे । मन्त्री पोखरेललाई आफ्नो जिम्मेबारी सारे । कुरो सकियो ।
अब, आईतबार भने दुबै पक्षको मिलाप गजब देखियो । सेनाको आतिथ्य सहित बिदाई लिन पुगेका मन्त्री पोखरेललाई स्वागत गर्दै प्रधानसेनापति थापाले शब्दले फकाए । उनको प्रशंसामा खर्चेका शब्द सुन्न लायक थिए ।
प्रधानसेनापति थापाले मन्त्री पोखरेलको मार्गनिर्देशन र नेतृत्वमा रक्षा मन्त्रालय तथा नेपाली सेनामा स्थापित हुँदै गएको सुधारात्मक कार्यको थालनीका लागि धन्यवादसहित आभार टक्राए । मन्त्री पोखरेलको कार्यकालमा मन्त्रालयका कामहरुमा सहजता र सरलता अनुभुत भएको उल्लेख गर्दै राष्ट्रिय सुरक्षा नीति २०७५ को कार्यान्वयन कार्ययोजनाको स्वीकृति प्रतिरक्षा नीतिको मस्यौदा निर्माण, राष्ट्रिय प्रतिरक्षा विद्यालयको स्थापना जस्ता धेरै उपलब्धि हासिल हुनुमा वहाँको नेतृत्व महत्वपूर्ण रहेको बताउन छुटाएनन् ।
मन्त्री पोखरेलले भने धेरै कुरो राखेनन् । जानेबेला किन सेना चिढ्याउने भन्ने लाग्यो होला । वा सेना चिढाएर भोली प्रचण्डकै अवस्था होला भन्ने भय पनि थियो कि? कि अहिलेको साटो मौकामा फेर्छु भन्ने छ । सबै कुरा मन्त्री पोखरेल नै जानुन । हामी भने रक्षा–जंगी बिदाई मिलापमा ठोकौ ताली ।
प्रतिक्रिया