कपिलवस्तुको अनिरुद्र विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा
2021-11-29 13:18:00
कपिलवस्तुको यशोधरा गाउँपालिका–५ स्थित अनिरुद्र पब्लिक माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक देवेन्द्रमणि त्रिपाठी र लेखापाल/कार्यालय सहायक असर्फी यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विद्यालयको रकम हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७४/७५ मा विज्ञान प्रयोगशालाको लागि विद्यालयमा प्राप्त रकमबाट कुनै काम नगरी फर्जी बिल बनाई हिनामिना गरेको भनी अख्तियारमा उजुरी परेको थियो ।
अनुसन्धानमा उनीहरुले खर्चको आवश्यकता तथा कानूनी प्रावधानलाई नजरअन्दाज गरी विद्यालय कोषको ७ लाख ८२ हजार रुपैयाँ हिनामिना गरेको पुष्टि भएको अख्तियारले जनाएको छ । अख्तियारले सोही रकमबराबर बिगो र कैद सजाय मागदाबी गरेको छ ।
प्रतिक्रिया