.jpg)
४० कटेका र ५० ननाघेका पुस्ताको काँधमा स्थानीय सरकार
जेठ १०, २०७९
.jpg)
अर्थतन्त्रको स्थायित्वको लागि सरकारले दीर्घकालीन नीति बनाउन आवश्यक : राजेन्द्र मल्ल (अन्तर्वार्ता)
जेठ ९, २०७९

भूमिसुधार तथा मालपोत कार्यालय, जनकपुरधाम, धनुषाका निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) सुनिल कुमार झाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
सेवाग्राहीसँग ५ लाख घुस माग गरेको भन्ने सूचना तथा उजुरी निवेदनको आधारमा खटिएको अख्तियारको टोलीले चैत २८ गते झालाई घुस लिइसकेपछि पक्राउ गरेको थियो ।
अख्तियारका अनुसार उनले जग्गासम्बन्धी हक मुद्दामा फैसला गरिदिन्छु भनी सेवाग्राहीसँग घुस लिएका थिए ।
अख्तियारले झामाथि काठमाडौंस्थित विशेष अदालतमा ५ लाख बिगो र कानुनबमोजिम कारबाहीको माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit