नेपाल–पाकिस्तान हवाई सम्पर्कको पहल सुरु
2021-03-04 16:51:00
पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले नेपाल–पाकिस्तानकाबीच सिधा उडानको सम्भावनाका बिषयमा छलफल सुरु गरेका छन् । उनले बिहीबार पाकिस्तानको सरकारी हवाई सेवा पीआइएका कार्यकारी अधिकृत एयर भाइस मार्सल अर्शद मलिकसँग इस्लामाबादमा भेटबार्ता गरेका हुन् ।
दूतावासका अनुसार मलिकसँगको भेटमा दुबै देशको पर्यटन, ब्यापार, लगानी र नागरिकबिचको सम्पर्क बढाउन सिधा हवाई सम्पर्क आवश्यक रहेको बिषयमा छलफल भएको थियो । नेपाल र पाकिस्तानबीच पुरानो दौत्य सम्बन्ध रहेको छ ।
नेपालको नजिकको छिमेकी भएरपनि सिधा हवाई सम्पर्क नहुँदा ब्यापार, अध्ययन र सरकारी कर्मचारीहरुले समस्या भोगिरहेका छन् । पाकिस्तानले पीआइएले नेपालमा गरिरहेको उडान घाटामा गएपछि सेवा बन्द गरेको छ ।
प्रतिक्रिया