Wednesday, 26 January 2022 | २०७८ माघ १२, बुधबार

एकाबिहानै घर घेरा हालेर यसरी समातिए सुदुरपश्चिमका 'गब्बर सिंह'

भारतमा कुनै समय श्रृखंलावद्ध चोरी, डकैती, ब्यक्ति हत्या र लुटपाटको पर्याय बनेका गब्बर सिंह  शोले चलचित्र मार्फत कुख्यात थिए । 

 

 

नेपालमा पनि एकजना यस्तै अभियुक्तलाई कञ्चनपुर प्रहरीले लामो समयको प्रयासपछि पक्राउ गर्न सफलता पाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ८ वटा भन्दा बढी विभिन्न मुद्धाका आरोपी शैल भन्ने शौरभबहादुर सिंह पक्राउ परेका हुन् । 

 

 

सिंह र उनको समूहले पछिल्लो समय ७ कात्तिकमा शैलको समूहले  बेलौरी बजार पानी ट्याङ्की नजिक रहेको डिडि अटोमोबाईल्स सोरूमबाट तीनवटा मोटरसाइकल डकैती गरेर लगेको थियो । 

 

 

दिनदहाडै ग्राहक बनेर आएको समूहले डकैती गरेर लगेका पल्सर मोटरसाइकल प्रहरीले विभिन्न मितिमा बरामद गरेर यसअघि नै बिबेक बम, लक्ष्मण चुनारा, ठग्गी राना, पारष बिष्ट र किरण नाथलाई पक्राउ गरेर अदालतमा पेश गरिएको थियो । 

 

 

कञ्चनपुर जिल्ला अदालतले  घटनाका मुख्य योजनकार शैलु भन्ने शौरभ बहादर सिंह, नरी बिष्ट भन्ने नरेन्द्र जोशी, सतिस बोहरा र भुवन ऐर समेतका ४ जनालाई फरारी घोषणागर्दै अरेष्ट वारन्ट जारी गरेको थियो । 

 

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार शैलको डकैती र अपराध शैली भारतीय चम्बलका डाँका वा बागीजस्तै थियो । उनलाई लामो प्रयासपछि स्थानिय लालझाडी चान्देवस्थित एकघरबाट आइतबार बिहान ४ बजे पक्राउ गरिएको हो । 

 

'हामीले सर्वाधिक खोजेका अभियुक्तमध्ये एक हुन्,' एसपी चतुर्वेदीले पर्दाफाससँग भने, 'यसक्षेत्रमा यी अभियुक्तको आतंक जस्तै थियो ।' 

 

 


प्रहरीका अनुसार शैल र उनको समूह बिरुद्ध २०७४ पुसयता ८ थान जघन्य मुद्धा दर्ता भएका छन् । यो समूह बिरुद्ध इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा लागूऔषध मुद्धा दर्ता भएको छ । 

 

 

यस्तै जिप्रका कञ्चनपुरमा २२ पुस २०७४ मा ज्यान मार्ने उद्योग  औषध मुद्धा र जिल्ला प्रहरी कार्यालय कैलालीमा १० साउन २०७४ मा  चोरी मुद्धा दर्ता रहेको छ । 

 

 

यस्तै इप्रका झलारीमा मात्रै यो समूह बिरुद्ध विभिन्न मितिमा तीनथान चोरी मुद्धा दर्ता छ । यस्तै इप्रका बेलौरीमा दुई थान चोरी मुद्धा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै