अमेरिका भन्छ: चार जना चिनियाँ ह्याकरले विश्वभर साइबर आतंक मच्चाए
अमेरिकाको न्याय विभागले चार जना चिनियाँ ह्याकरले विश्वभर संवेदनशिल सुचनाहरु चोरी गरेको आरोपसहित एक विज्ञप्ति सार्वजनिक गरेको छ ।
ती चिनियाँ ह्याकरहरूले उद्योग र व्यापार बाहेक उड्डयन क्षेत्र, रक्षा निकाय, शिक्षा, सरकारी कार्यालय, स्वास्थ्य क्षेत्र औषधि उत्पादकदेखि सामुन्द्रिक व्यापार र न्याय विभाग समेतका सूचनाहरू ह्याक गर्ने गरेको अमेरिकाले जनाएको छ ।
विश्वव्यापी ह्याकिङ अभियान चलाउने आरोपीहरूमा वु सुरोङ, दिङजाओ याङ, च्याङ क्युइङमिङ र जु युनमिङ रहेको न्याय विभागको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुले २०११ देखि २०१८ सम्म संसारभरका दर्जनौं कम्पनी, विश्वविद्यालय र सरकारी एजेन्सीको कम्प्युटर ह्याक गरेको अमेरिकाले जनाएको छ । उनीहरुले गर्ने चोरीमा चिनियाँ कम्पनी तथा व्यापारमा आवश्यक पर्ने खालको हुने गरेको अमेरिकाले जनाएको छ ।
अस्ट्रिया, कम्बोडिया, क्यानडा, जर्मन, इन्डोनेसिया, मलेसिया, नर्वे, साउदी अरब, दक्षिण अफ्रिका, स्विजरल्याण्ड, बेलायत र अमेरिकाबाट यी ह्याकरहरू सूचना संकलन गर्ने गरेको अमेरिकाले जनाएको छ ।
अमेरिकाले चिनियाँ सरकारले विश्वभर साइबर आक्रमण गर्ने अपराधिहरुलाई प्रायोजन गर्ने गरेको समेत आरोप लगाएको छ । चीनको सुरक्षा मन्त्रालयले उनीहरुलाई सघाउ पुर्याइरहेको उनीहरु बताउँछन् । हैनान प्रान्तमा रहेको सुरक्षा विभागले उनीहरुलाई सघाउ पुर्याइरहेको अमेरिकाको आरोप छ ।
प्रतिक्रिया