सशस्त्र द्वन्द्वका घाइते सुरक्षाकर्मीलाई नै पीडक बनाइएपछि गृहमन्त्रीको ध्यानाकर्षण
2021-10-27 10:39:00
घाइते तथा अपांग भूपू सुरक्षाकर्मी संघले आफूहरूलाई सत्य निरुपण तथा मेलमिलाप आयोगले पीडक बनाएको भन्दै गृहमन्त्री बालकृष्ण खाणको ध्यानाकर्षण गराएको छ ।
मंगलबार गृह मन्त्रालयमा गृहमन्त्री खाणलाई ज्ञापनपत्र बुझाएको हो । कर्तव्य पालनाको क्रममा घाइते भएकाले पीडक नबनाउन पहल गरिदिन माग संघले गरेको छ ।
संघका अध्यक्ष हिरामणि अधिकारीको नेतृत्वमा पुगेको टोलीको ज्ञापनपत्र बुझ्दै मन्त्री खाणले माग सम्बोधन गर्न पहल गर्ने बताए ।
प्रतिक्रिया