Thursday, 02 December 2021 | २०७८ मङ्सिर १६, बिहिबार

डार्क वेबमा लागूऔषध र हातहतियारको कारोबार गर्ने १५० जना पक्राउ

विश्वका विभिन्न देशमा प्रहरीहरुले डार्क वेबमार्फत अवैध सामानको अनलाइन खरिदविक्रीमा सहभागी भएको भन्दै १५० जनालाई पक्राउ गरेको छ । 

 

युरोपेली संघको पुलिस एजेन्सी युरोपोलका अनुसार मंगलबार अपरेशन डार्कहन्टर अन्तर्गत लाखौं युरो नगद र बिट्क्वाइन, लागूऔषध र हतियार बरामद गरेको मंगलबार जनाएको छ । 

 

यही वर्षको सुरुवातमा जर्मन नेतृत्वको प्रहरी टोलीले विश्वको नै ठूलो मानिने डार्क वेबको ‘मार्केृटप्लेस’ नष्ट गरेको थियो । उक्त मार्केटप्लेसको प्रयोग एक अस्ट्रेलियन नागरिकले लागूऔषध, चोरिएको क्रेडिट कार्ड डेटा लगायत विक्रीका लागि सुरु गरेका थिए । 

 

डार्क हन्टरमा अस्ट्रेलिया, बुल्गेरिया, फ्रान्स, जर्मनी, इटली, नेदरल्यान्ड, स्वीजरल्यान्ड, बेलायत र अमेरिकाको सहभागिता रहेको युरोपोलले जनाएको छ । अमेरिकामा ६५, जर्मनीमा ४७, बेलायतमा २४, इटली र नेदरल्यान्डमा चार–चार जना पक्राउ परेका थिए । 

 

पक्राउ परेकाहरु युरोपोलले मुख्य ‘टार्गेट’ मा राखिएका व्यक्तिहरु थिए । उनीहरुसँगै प्रहरी अधिकारीहरु २६ दशमलव ७ मिलियन युरो, ४५ बन्दूक, २३४ किलो ग्राम लागूऔषध बरामद गरेको छ ।

 

‘डार्क वेब’ को अखडाबाट यसरी फैलिँदै छ विश्वभर अपराध सञ्जाल (भिडियाे स्टाेरी)

 

के हो डार्क वेब ?
 

इन्टरनेटको सबैभन्दा डरलाग्दो हिस्सा डार्क वेब हो । यसको प्रयोग आपराधिक क्रियाकलापका लागि गरिन्छ । हातहतियार, लागूऔषध, मानव बेचबिखनका लागि यसको प्रयोग हुँदै आएको छ । विश्वका सबैजसो देशमा यसको प्रयोग हुने भए पनि शक्ति राष्ट्रहरुले समेत डार्क वेबको सर्भर पत्ता लगाउन सकेका छैनन् ।

 

डार्क वेबमा छिर्न विशेष किसिमको गुगल मोजिला जस्तै द ओनियन राउटर अर्थात टर ब्राउजरको प्रयोग हुन्छ । जहाँ अनेकन् प्रकारका सयौं भिपियनको प्रयोग भएको हुन्छ, जसले गर्दा कुन साइट कसले प्रयोग गरेको थाहा पाउन सकिँदैन । सयौ भिपियनका कारण टर प्रयोग गर्नेको आइपी सेकेन्ड सेकेन्डमा परिवर्तन हुने गर्दा पनि व्यक्ति पत्ता लगाउन मुस्किल परेको हो । 

 

डार्क वेबको यही डरलाग्दो पक्षका कारण इन्टरपोलले आफ्ना सदस्य राष्ट्रहरुलाई होसियार रहन पटकपटक सूचित गर्दै आएको छ ।  
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै