.jpg)
४० कटेका र ५० ननाघेका पुस्ताको काँधमा स्थानीय सरकार
जेठ १०, २०७९
.jpg)
अर्थतन्त्रको स्थायित्वको लागि सरकारले दीर्घकालीन नीति बनाउन आवश्यक : राजेन्द्र मल्ल (अन्तर्वार्ता)
जेठ ९, २०७९

भारतीय आर्मीमा काम गरेका गोर्खा सैनिकहरुले भारतीय सैन्य प्रमुख एमएम नरवाणेलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन पत्र लेखेका छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या बढेको र त्यसले आफू र आफ्ना परिवारको मृत्यु हुनुका साथै ठूलो आर्थिक क्षति भएको उल्लेख गर्दै उनीहरुले नरवाणेसँग खोपका लागि गुहार गरेका हुन् ।
भारतीय सेनामा काम गरेका तर स्थायी रुपमा नेपालमा बसोबास गर्ने पूर्व गोर्खा सैनिकहरुले लेखेको पत्रमा १५० जनाभन्दा गोर्खासैनिकको कोरोनाका कारण ज्यान गइसकेको उल्लेख गरिएको छ ।
पत्रमा उनीहरुले हालसम्म एक डोजमात्रा खोप पनि लगाउन नपाइएको उल्लेख गरेका छन् । सेवानिवृत्त गोर्खा सैनिकले नेपाल सरकार उनीहरु वा उनीहरुको परिवारलाई प्राथमिकता दिदै खोप दिने स्थितिमा नभएको उल्लेख गरेका छन् ।
आफूहरुले भारतीय सेनाको पूरा निष्ठापूर्वक सेवा गरेको उल्लेख गर्दै अहिले आफूहरु मरिरहेको अवस्थामा खोप उपलब्ध गराइ सहयोग गरिदिन गोर्खा सैनिकले अनुरोध गरेका छन् ।
भारतीय पोलिक्लिकहरुमार्फत खोप उपलब्ध गराउने वातावरण मिलाइदिन पत्रमा आग्रह गरिएको छ । विश्वमा गोर्खा सैनिकका नामले प्रशिद्ध आफूहरुलाई खोपको प्राथमिकताको सुचीमा नराखिनु दुखद भएको उनीहरुको ठम्याई छ ।
गोर्खासैनिकले नरवाणेलाई कम्तीमा ३ लाख डोज खोप आफूहरुलाई आवश्यक पर्ने समेत उल्लेख गरेका छन् ।
यही महिनाको सुरुवातमा भारतीय सैनिकले जम्मु कास्मिरमा डयुटीका बेला शहिद भएका सैनिक, पूर्व सैनिक उनीहरुको परिवारलाई खोप लगाउने अभियान चलाएको थियो ।
गत मार्चमा भारतीय सेनाले नेपाली सेनालाई समेत १ लाख डोज खोप अनुदानमा दिएको थियो । भारतबाटै अनुदानमा १० लाख डोज खोप पाएपनि गत जनवरीमा नेपालमा खोप अभियान सुरु भएको थियो ।
cialis 40mg pills - discount cialis how to get cialis
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
cialis 40mg pills - discount cialis how to get cialis