Thursday, 02 December 2021 | २०७८ मङ्सिर १६, बिहिबार

प्रमुख सेनानी कवीन्द्रजंग थापा, जसले ‘साथीहरु’ को सुरक्षाका लागि कंगोमा प्राण आहूति दिए

नेपाली सेनाले आइतबार काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा यूएन डे मनायो । संयुक्त राष्ट्रसंघ स्थापना दिवस ९अक्टोबर २४० का अवसरमा हरेक वर्ष नेपाली सेनाले केन्द्रमा विशेष कार्यक्रम गर्दै आएको छ । 

 

आइतबार केन्द्रमा आयोजित कार्यक्रममा स्वदेशी तथा विदेशी अतिथिहरुको बाक्लो उपस्थिति थियो । यो कार्यक्रममा संयु्क्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ कंगोमा खटिएका तत्कालीन मेजर कवीन्द्रजंग थापाको परिवारले उनले पाएको डाग हम्मरस्कजोल्ड पदक सेनाले हस्तानान्तरण गरेकी थिइन् । 

 

केन्द्रमा एउटा सुन्दर भवन छ, कवीन्द्र कम्प्लेक्स । यो सुन्दर भवनको कथा भने उनै वीर योद्धा कविन्द्रसँग जोडिन्छ । सेनाका मानार्थ प्रमुख सेनानी थापा यूएन मिसनको क्रममा कंगोमा सहादत प्राप्त गरेपछि उनको स्मृतिमा यो भवन बनाइएको हो । सन् २००५ जुन २ मा उक्त घटना भएको थियो । 

 

 

तत्कालीन समय मेजर रहेका थापाको विद्रोही समूहद्वारा गोली हानी हत्या भएको थियो । त्यतिबेला कंगोमा सामूहिक बलात्कारको घटनाबारे अध्ययन गर्न मानवअधिकारको टोली आएको थियो । जब उक्त टोली दुई हेलिकप्टरबाट फर्किन लागेका थिए, त्यतिबेला अचानक ३५० भन्दा विद्रोहीहरुले चारैतिरबाट घेरेका थिए । 

 

त्यतिबेला मेजर थापाले उक्त टोलीको सुरक्षाको जिम्मोवारी लिएका थिए । त्यसकारण उनले सबैलाई सुरक्षित साथ हेलिकप्टरमा हालेपछि मात्र आफू अन्तिममा चढेका थिए । त्यतिबेला विद्रोही चलाएको गोली लागी उनी हेलिकप्टरको भित्र ढलेका थिए । त्यतिबेला शान्तिसेनाका अन्य दुई अधिकारी पनि घाइते भएका थिए । 

 

घटनापछि त्यतिबेला मानवअधिकार टोलकिो सदस्य रहेका कारमाइन कैमरिमले आफ्नो जीवनको लागि मेजर थापाप्रति सदैव ऋणी रहने जनाएका थिए । 

 

 

त्यसपछि थापाको स्मृतिमा पाँचखालमा भवन बनाइएको हो । सन् २०१६ मार्च ९ मा अमेरिकाले भवन निर्माण गरी नेपाली सेनालाई हस्तान्तरण गरेको थियो । त्यतिबेला सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री थिए भने उनलाई तत्कालीन अमेरिकी राजदूत एलिएना बी टपलिजले भवन हस्तान्तरण गरेकी थिइन् । 

 

थापालाई संयुक्त राष्ट्रसंघले ‘डाग हम्मरस्कजोल्ड’ मेडलबाट पनि सम्मानित गरेको थियो । निकै प्रतिष्ठित मानिने यो मेडल संयुक्त राष्ट्रद्वारा सैन्यकर्मी, पुलिस या नागरिकलाई मरणोपरान्त दिइने गरिन्छ, जसले शान्ति अभियानको क्रममा आफ्नो जीवन उत्सर्ग गर्छन् । 


 
आइतबारको कार्यक्रममा थापालाई प्रदान गरिएको ‘डाग हम्मरस्कजोल्ड’ उनका परिवारबाट केन्द्रलाई हस्तान्तरण गरिएको छ । साथै सेनाले पनि थापाको परिवारलाई कदरपत्रबाट सम्मानित गरेको छ । 

 

नेपालले सन् १९५५ डिसेम्बर १४ ९विस २०१२ मङ्सिर २९० मा संयुक्त संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको हो । हाल संयुक्त राष्ट्रसंघका १९३ सदस्य र दुई पर्यवेक्षक मुलुक छन् । संयुक्त राष्ट्रसंघ स्थापना दिवसका अवसरमा केन्द्र परिसरमा झण्डोतोलनका साथै शान्ति स्थापना कार्यमा खटिने क्रममा निधन हुनेको योगदानको स्मरण गरी सम्मान प्रकट गरिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

 

कार्यक्रममा रक्षामन्त्री डा. मीनेन्द्र रिजाल, प्रधानसेनापति प्रभुराम शर्मा, यहाँस्थित संयुक्त संयुक्त राष्ट्रसंघका आवासीय संयोजक सारा बेइसोलो न्यान्ती, विभिन्न दूतावासका प्रमुख एवं प्रतिनिधिको सहभागी थिए । 

 

संयुक्त राष्ट्रसंघको आह्वानमा नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी पठाएर योगदान पु¥याउँदै आएको छ । 

 

 

द्वन्दरत मुलुकमा स्थापना भएका ४३ शान्ति मिसनमा रही एक लाख ३५ हजार ३९९ नेपाली शान्ति सैनिकले योगदान दिइसकेका छन् । हाल विश्वका १२ शान्ति मिसनमा रही १८१ महिलासहित पाँच हजार १६८ नेपाली शान्ति सैनिक परिचालित छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका तर्फबाट पनि संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा गौरव गर्न लायक योगदान भइरहेको छ ।

 

शान्ति स्थापनाका सिलसिलामा ६८ नेपाली सैनिकले वीरगति प्राप्त गरेका छन् भने ६६ गम्भिर घाइते भएको सेनाले जानकारी दिएको छ । अहिले शान्ति सैनिक धेरै संख्या पठाउने मुलुकको सूचीमा नेपाल दोस्रो वरीयतामा छ । संयुक्त राष्ट्रसंघबाट माग भई आएमा नेपालले १० हजारको संख्यामा सैनिक पठाउन सक्ने यसअघि नै प्रतिबद्धता जनाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै