Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

पाकिस्तानी सर्वोच्च अदालतमा पहिलो महिला न्यायाधीश 

सोमबार इस्लामावादमा सपथ लिँदै नवनियुक्त पाकिस्तान सर्वोच्च अदालतकी न्यायाधीश आयशा ए मलिक । तस्वीरः सामाजिक सञ्जाल ।

पाकिस्तानको नेतृत्वमा पुगेपछि प्रधानमन्त्री इमरान खानले देशका सबै तहमा महिला सहभागिता बढाउँदै लैजाने नीतिमा जोड दिएका छन् ।

 

यसको पछिल्लो उदाहरण त्यहाँको सर्वोच्च अदालतले पहिलो महिला न्यायाधीश पाएको छ। ५५ वर्षीया आयशा मलिकले सोमबार इस्लामावादमा पद तथा गोपनियताको सपथ लिएकी छन् ।

 

 

पाकिस्तानको न्यायिक आयोगले ६ जनवरी, २०२२  मा सर्वोच्च अदालतमा उनको नियुक्तिलाई अनुमोदन गरेको थियो । मलिकले २७ मार्च २०१२ देखि ५ जनवरी २०२२ सम्म पाकिस्तानको लाहोर उच्च अदालतको न्यायाधीशको रूपमा पनि काम गरिसकेकी छन्।

 

 

पाकिस्तानको सर्वोच्च अदालतमा आयशाबाहेक १६ जना पुरुष न्यायाधीश छन्। कानुनविद्हरुले दशकौंको संघर्षपछि आयशाले नियुक्ति पाउनु पाकिस्तानको पुरुषप्रधान समाजमा महिलाको प्रतिनिधित्वको जित भएको बताएका छन्।

 

 

ह्युमन राइट्स वाचका अनुसार सर्वोच्चमा महिला न्यायाधीश नभएको यो दक्षिण एसियाको एक मात्र देश थियो। यसबाहेक, पाकिस्तानको उच्च अदालतमा ४ प्रतिशत न्यायाधीश मात्रै महिला छन्।

 

 


पाकिस्तानका प्रधानमन्त्री इमरान खानले न्यायाधीश आयशालाई ट्वीट गर्दै बधाई दिएका छन्। यद्यपि, केही वकिल र न्यायाधीशहरूले भने आयुशाको नियुक्तिको विरोध गरेका छन्।

 

 

आयशा ए मलिकको जन्म ३ जुन १९६६ मा भएको हो । 

 

 

आयशाले पेरिस र न्यूयोर्कका विद्यालयबाट आधारभूत शिक्षा हासिल गरेकी थिइन् । उनले लन्डनको फ्रान्सिस हल्याण्ड स्कूल फर गर्ल्सबाट ए लेभल गरेकी छन्। 

 


पाकिस्तानमा उनले कराची ग्रामर स्कूलबाट सिनियर क्याम्ब्रिज र गभर्नमेन्ट कलेज अफ कमर्स एण्ड इकोनोमिक्स, कराचीबाट वाणिज्यमा स्नातक गरेकी छन् । 

 

 

उनले आफ्नो प्रारम्भिक कानुनी शिक्षा पाकिस्तान कलेज अफ ल, लाहोरमा लिएकी थिइन्। उनले पछि हार्वर्ड कानून स्कूल, क्याम्ब्रिज, म्यासाचुसेट्स, संयुक्त राज्य अमेरिकाबाट एलएलएम गरिन्। आयशा लन्डन एच ग्यामन फेलो १९९८-१९९९ हुन् । 

प्रतिक्रिया

1
  • Xoqalv

    फाल्गुण २, २०७८

    purchase cialis online cheap - cialis 40mg canada buy generic tadalafil

प्रतिकृया थप्नुहोस्
  • Xoqalv

    फाल्गुण २, २०७८

    purchase cialis online cheap - cialis 40mg canada buy generic tadalafil

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै

भारतीय कारागारमा ३९ वर्षदेखि बन्दी जीवन बिताइरहेका इलामका दीपक जैसी रिहा हुँदै

भारतको पश्चिम बंगाल सरकारको अधिनमा रहेको दमदम सेन्ट्रल करेक्सन होममा पछिल्लो ३९ वर्षदेखि बन्दी जीवन बिताइरहेका डुप्तप्रसाद तिम्सिना (जैसी) नाम भएका दीपक जोशीको रिहाईका...

माघ ११, २०७८