सशस्त्र प्रहरीले खोज्यो हराईरहेको नेपाल-भारत सीमा स्तम्भ
2021-03-21 11:28:00
सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट केचनाले लामो समयदेखि हराइरहेको नेपाल–भारत सीमा स्तम्भ फेला पारेको छ ।
झापा कचनकवल गाउँपालिका– ४ पूर्व लोडावारी र भारततर्फ किसनकंज जिल्ला ताप्फुवा पंचायत सुरुभिट्टाको नेपाल भारत सीमा ईलाकामा रहेको सानो सीमा स्तम्भ बाढिको कारण हराइरहेको थियो ।
बोर्डर आउट पोस्टका कमाण्डर सशस्त्र प्रहरी निरीक्षक भक्तबहादुर थापाले सोही क्षेत्रमा आएको बाढीले हराइरहेको सीमा स्तम्भ फेला पारेको बताए । उनका अनुसार सीमा स्तम्भ नम्बर ११९/८ (सानो) रहेको छ । थापाको कमाण्डमा खटिएको एपीएफ टोलीले सीमा स्तम्भ सोही स्थानमा खोलाले पुरिएको अवस्थामा शुक्रबार फेला पारेको हो ।
सशस्त्र प्रहरीले यसको जानकारी भारतीय पक्षलाई समेत गराएको छ । सीमा स्तम्भ मर्मतपछि दुबै पक्षको उपस्थिती र सहमतीमा सोही स्थानमा स्थापित गरिनेछ ।
प्रतिक्रिया