एनआरएनलाई नेपालमा 'फरेन करेन्सीमा फिक्स डिपोजिट' को सुविधा, यसरी गर्न सकिने
अमेरिकास्थित नेपाली दूतावासले नेपाल राष्ट्र बैंकको नयाँ नियम अनुसार गैर आवासिय नेपालीहरुले नेपालमा विदेशी मुद्रामा मुद्दत्ती खाता खोल्न सक्ने सुविधा सहितको सूचना जारी गरेको छ ।
दूतावासले यो सुविधा अनुसार निक्षेपकर्ताहरुले आफु बसेको देशबाट त्यही देशको मुद्रा जम्मा गर्न सक्ने र त्यसको अवधि पुगेपछि ब्याँज सहित फिर्ता लैजान सकिने जनाएको छ ।
दूतावासले जारी गरेको सूचना यस्तो छ :
गैर आवासीय नेपालीवाट नेपालमा निक्षेप संकलन गर्न सकिने सम्बन्धी सूचना ।
गैर आवासीय नेपालीहरु तथा गैर आवासीय नेपालीहरु संलग्न विदेशी संस्थाहरुवाट विदेशी मुद्रा (अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडीयन डलर, जापानीज येन र चीनियाँ युआन) मा नेपालमा मुद्दत्ती तथा बचत खाता खोली रकम जम्मा गर्न सक्ने र रकम फिर्ता ल्याउन सक्ने गरी नेपाल राष्ट्र बैंकले देहाय अनुसार ब्यवस्था गरेको ब्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
(क) मुद्दती निक्षेपसम्बन्धी व्यवस्थाः
नेपाल राष्ट्र बैंकवाट इजाजतपत्र प्राप्त ूकू वर्गका बैंकले देहायका शर्तहरु पालना हुने गरी परिवत्र्य विदेशी मुद्रामा मुद्दति निक्षेप संकलन गर्न र परिचालन गर्न सक्नेः
शर्तहरुः
१) विदेशी मुद्रामा मुद्दति निक्षेपको अवधि कम्तिमा १ बर्षको हुनुपर्ने।
२) यस प्रकारको खातामा विदेशी संस्थाहरु (बित्तीय संस्थाहरु समेत) तथा गैर आवासीय नेपालीहरु सहभागी हुन सक्ने।
३) दुई वा दुई भन्दा बढी बिदेशी संस्थाहरु वा गैर आवासीय नेपालीहरुको नाममा संयुक्त रुपमा समेत यस प्रकारको खाता खोल्न सकिने।
४) गैर आवासीय नेपालीको नाममा खाता खोल्दा नेपाल सरकारको सम्बन्धित निकायवाट जारी भएको गैर आवासीय परिचय पत्रको प्रतिलिपि पेश गर्नु पर्ने । खाता सञ्चालनको लागि सो परिचयपत्र नविकरण भएको हुनुपर्ने ।
५) संस्थागत बिदेशी निक्षेपकर्ताको हकमा यस प्रकारको खाता खोल्दा संस्थाको सञ्चालक समितिले खाता खोल्ने सम्बन्धमा गरेको निर्णय समेत संलग्न गर्नु पर्ने।
६) यस प्रकारको खाता अमेरिकी डलर, यूरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानिज येन र चीनियाँ युआन मध्ये कुनै एक विदेशी मुद्रामा खोल्न सकिने।
७) मुद्दती निक्षेप खाताको ब्याज प्रदान गर्ने प्रयोजनका लागि मात्र सम्बन्धित मुद्दती निक्षेपकर्ताको नाममा सोही मुद्रामा बचत खाता खोल्न सकिने।
८) सावाँ तथा ब्याजको रकम निक्षेपकर्ताले निक्षेप जम्मा गरेकै मुद्रामा जुन देशवाट निक्षेपको रकम प्राप्त भएको हो, सोही देशमा निक्षेपकर्ताको नाममा खोलिएको खातामा मात्र फिर्ता भुक्तानी पठाईने। तर यस ब्यवस्थाले विदेशी मुद्रा खाता खर्च गरी नेपाली रुपैयाँमा भुक्तानी वा रकमान्तर गर्न बाधा नपर्ने।
९) मुद्दती निक्षेपमा पाकेको ब्याज सम्बन्धित वाणिज्य बैंकको नियमानुसार प्रदान गरिने। साँवाको हकमा भुक्तानी अवधि समाप्त भएपछि मात्र फिर्ता हुने। तर एक वर्ष भन्दा बढी अवधिको मुद्दती निक्षेप एक बर्ष अवधि व्यतीत भएपछि निक्षेपकर्ताले प्रिम्याचोर गर्न चाहेमा म्याचोर गरी फिर्ता लैजान सक्ने।
१०) मुद्दती निक्षेप खातामा बैंकिङ्ग प्रणालीवाट मात्र रकम जम्मा गर्नु पर्ने। उक्त रकम फिर्ता गर्नु परेको खण्डमा समेत बैंकिङ्ग प्रणाली मार्फत फिर्ता हुने।
११)संस्थागत विदेशी निक्षेपकर्ता तथा गैर आवासीय नेपालीहरुले न्यूनतम अमेरिकी डलर पाँच हजार वा सो बरावरको रकम निक्षेपको रुपमा जम्मा गर्न सक्ने।
(ख) बचत निक्षेप सम्बन्धी व्यवस्थाः
नेपाल राष्ट्र बैंकवाट इजाजतपत्र प्राप्त 'क' वर्गका बैंकले देहायका शर्तहरु पालना हुने गरी परिवत्र्य विदेशी मुद्रामा बचत निक्षेप संकलन गर्न र परिचालन गर्न सक्नेः
शर्तहरुः
१) यस्तो निक्षेप खाता गैर आवासीय नेपाली तथा गैर आवासीय नेपालीवाट प्रबद्र्धित विदेशस्थित संस्थाको मात्र खोल्न र सञ्चालन गर्न सकिने।
२) गैर आवासीय नेपालीको नाममा संयुक्त रुपमा समेत यस प्रकारको खाता खोल्न सकिने।
३) गैर आवासीय नेपालीको नाममा वा गैर आवासीय नेपालीबाट प्रबद्र्धित विदेश स्थित संस्थाको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकारको सम्बन्धित निकायवाट जारी भएको गैर आवासीय नेपालीको अद्यावधिक परिचय पत्रको प्रतिलिपि पेश गर्नुपर्ने ।
४) यस प्रकारको खाता परिवत्र्य विदेशी मुद्रा (अमेरिकी डलर, यूरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानिज येन र चीनियाँ युआन मध्ये कुनै मुद्रामा) मा खोल्न सकिने।
५) यस प्रकारको खातामा रकम जम्मा गर्दा अमेरिकी डलर पाँच हजार वा सो बरावरको परिवत्र्य विदेशी मुद्रा न्यूनतम मौज्दात कायम हुनु पर्ने।
६) यस्तो खातामा रहेको निक्षेप फिर्ता गर्नु पर्दा निक्षेपकर्ताले जम्मा गरेको मुद्रा र निक्षेप प्राप्त भएको देश फरक नपर्ने गरी निक्षेपकर्ताको विदेशमा खोलिएको खातामा फिर्ता पठाइने। तर त्यस्तो खाता खर्च गरी नेपाली नेपाली रुपैयामा भुक्तानी वा ट्रन्सफर गर्न यस व्यवस्थाले बाधा नपर्ने।
७) यस्तो निक्षेप खातामा बैंकिङ्ग प्रणालीवाट मात्र रकम जम्मा गर्नु पर्ने। उक्त रकम फिर्ता गर्नु परेको खण्डमा समेत बैंकिङ्ग प्रणाली मार्फत फिर्ता गरिने ।
प्रतिक्रिया