नेपालसहित पाँच मुलुकका प्रतिनिधिसँग अमेरिकी उपविदेशमन्त्रीको भेटवार्ता
अमेरिकी उप–विदेशमन्त्री विन्डी आर शेरमनले नेपालसहित दक्षिण एसियाका पाँच मुलुकका प्रतिनिधिसँग भेटवार्ता गरेकी छन् । संयुक्त राष्ट्रसंघको जारी ७६ औं महासभामा सहभागी हुन पुगेका प्रतिनिधिहरुसँग विन्डीले बिहीबार संयुक्त रुपमा भेटवार्ता गरेकी हुन् ।
भेटवार्तामा नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स, र श्रीलंकाका प्रतिनिधि सहभागी थिए । नेपालको तर्फबाट न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख अमृतकुमार राईले भाग लिएका थिए ।
I was honored to hold a consultation with Bangladesh, Bhutan, Maldives, Nepal, and Sri Lanka. The U.S. partnership with South Asia is critical to the prosperity and security of our peoples and the Indo-Pacific region. pic.twitter.com/qLTmiPCcx1
— Wendy R. Sherman (@DeputySecState) September 23, 2021
विन्डीले आफ्नो ट्वीटमा दक्षिण एसियाली मुलुकका प्रतिनिधिसँग परामर्श गर्न पाउँदा खुसी लागेको उल्लेख गरेकी छन् । ‘दक्षिण एसियासँग अमेरिकी साझेदारी हाम्रो र इन्डो प्यासिफिक क्षेत्रको समृद्धि र सुरक्षाका लागि महत्वपूर्ण छ,’ उनले लेखेकी छन् ।
लोकतान्त्रिक सिद्धान्तहरुलाई अघि बढाउने तथा कोभिड–१९, आर्थिक सुधार र जलवायु परिवर्तनलगायतका विश्वव्यापी चुनौतीहरुलाई कसरी सम्बोधन गर्ने विषयमा छलफल गरेको उनले जनाएकी छन् । दक्षिण एसियाका तीन मुलुक भारत, पाकिस्तान र अफगानिस्तानका प्रतिनिधि भने बैठकमा सहभागी थिएनन् ।
प्रतिक्रिया