Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

नेपाली युवतीलाई रसियन बनाएर यसरी चल्दै थियाे भारतमा 'सेक्स र्‍याकेट'

नेपाली तथा भारतको उत्तरपूर्वी क्षेत्रका युवतीहरुलाई रसियन भनेर यौनधन्दा चलाउने एक जना पक्राउ परेका छन् । भारतको भोपालस्थित अरेरा कोलोनीमा इडन स्पा सेन्टरको नाममा ‘सेक्स र्याकेट’ चलाउँदै आएका गौरव वाधवानी पक्राउ परेका हुन् । 

 

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार स्पाका सञ्चालक वाधवानीले ती युवती रसियन भएको भन्दै आफ्ना ग्राहकसँग बढी रकम असुल्ने गर्दथे । शनिबार भारतीय प्रहरीले ६ युवती र ४ जना ग्राहकलाई पनि पक्राउ गरेको छ । 

 

पक्राउ परेका युवतीमध्ये १ नेपाली, २ भारतकै उत्तरपूर्वी क्षेत्रका र ३ जना भोपालको रहेको उक्त सञ्चारमाध्यमले जनाएको छ । युवतीहरु २२ देखि ३२ वर्षसम्मका छन् । 

 

स्पा सञ्चालकले यौनधन्दाका लागि अलगअलग केबिन बनाएका थिए । उनले ग्राहकसँग ५ हजारसम्म भारु उठाउने गर्दथे । त्यस्तै अन्य सर्भिसको पनि शुल्क लिन्थे । ग्राहकलाई बोलाउन उनले ह्वाट्सएप ग्रुप बनाएका थिए । ग्रुपमा उनले युवतीहरुको फोटो सेयर गर्दथे । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै