Thursday, 02 December 2021 | २०७८ मङ्सिर १६, बिहिबार

प्रहरी अस्पतालकी कार्यकारी निर्देशक आशा सिंहमाथि अनुसन्धान गर्न एआईजीको नेतृत्वमा समिति 

प्रहरी अस्पतालकी कार्यकारी निर्देशक एआईजीआशा सिंह ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा भ्रष्टाचारको गाईगुई चलेपछि एसएसपी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयबाट त्यता पठाए ।

 

तर पनि तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काखी च्यापेर बरियता मिच्दै एआईजी बढुवा गरेकी अस्पतालकी कार्यकारी निर्देशक आशा सिंहको कारनामा रोकिएन । 

 

 

अहिले महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा आर्थिक अनियमितता भएको आशंकामा एआईजी डाक्टर आशा सिंहमाथि अनुसन्धान गर्न एआईजी विश्वराज पोखरेलको नेतृत्वमा टोली नै खटाएको खबर कान्तिपुर दैनिकले बाहिर ल्याएको छ  । एआईजी पोखरेलको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको हो । 

 

 

समितिमा महानिरीक्षकको कार्यालयका डीआईजी वसन्त लामासहित एसएसपीद्वय पूजा सिंह र भीम ढकाल तथा कानुन शाखाका डीएसपी ज्ञानेन्द्र बस्नेत छन् ।

 

 


एआईजी सिंह र उनको टिमले कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भेन्टिलेटर खरिद गर्दा आर्थिक अनियमितता गरेको, आइसोलेसन वार्ड बनाउँदा रकम हिनामिना भएको, भारतबाट सेकेन्डह्यान्ड पीसीआर मेसिन किनेर नयाँ उपकरणसरह बिल भुक्तानी गरेको, अपारदर्शी रूपमा करारमा कर्मचारी नियुक्ति गरेकोलगायतका आरोपको फेहरिस्त महानिरीक्षक थापा क्षेत्री समक्ष पुगेको हो ।  

 

 

सिंह २०७६ माघ ६ को मन्त्रिपरिषद् बैठकबाट अस्पतालको एआईजी तथा कार्यकारी निर्देशक नियुक्त भएकी थिइन् । 

 

 


अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयले सिंहमाथि अनियमितता आरोपमा उजुरी परेको भन्दै अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएपछि महानिरीक्षक थापा क्षेत्री तात्तिएका हुन् ।  

 

 

गृह मन्त्रालयले असोज २० मै एआईजी सिंहमाथि विभिन्न ८ वटा विषयमा अनुसन्धान गरी सत्यतथ्य प्रतिवेदन पेस गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

पाँच लाख रुपैयाँ दिएर बलात्कार गाउँमै ‘रफादफा’, पीडित प्रहरीमा पुगेपछि खुल्यो रहस्य 

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईका अनुसार अनुसन्धानकाक्रममा पीडितलाई पाँच लाख रुपैयाँ दिएर घटना सामसुम बनाउने समुहको पत्ता लागेको बताउछन् । उनका अनुस...

कार्तिक ५, २०७८