.jpg)
४० कटेका र ५० ननाघेका पुस्ताको काँधमा स्थानीय सरकार
जेठ १०, २०७९
.jpg)
अर्थतन्त्रको स्थायित्वको लागि सरकारले दीर्घकालीन नीति बनाउन आवश्यक : राजेन्द्र मल्ल (अन्तर्वार्ता)
जेठ ९, २०७९

नेपाली सेनामा उपरथी (मेजर जनरल) बढुवाका लागि अनिबार्य गरिएको नेशनल डिफेन्स कोर्सका लागि विश्वका ७ देशमा एक सहायक रथी (ब्रिगेडियर जर्नेल) सहित १३ महासेनानी (कर्णेल) अध्यनरत रहेका छन् ।
नेपाली सेनाका सहायक रथी दिपेशजंग शाहसहित १३ जना महासेनानीहरुले नेशनल डिफेन्स कोर्स गरिरहेका हुन् । नेपाली सेनाको नेशनल डिफेन्स विश्वबिद्यालय निर्माणाधिन रहेको छ । तर, सेनामा उपरथीसहित माथिल्लो तहसम्म बढुवाका लागि नेशनल डिफेन्स कोर्स अनिबार्य छ ।
नेपाली सेनाले यसका लागि विगतदेखि नै अन्तर्राष्ट्रिय कोटामा आफ्ना सैन्य अधिकारी पठाउँदै आएको छ ।
सैनिक स्रोतका अनुसार चीनले पछिल्लो दुईवर्षदेखि कोभिड महामारीको कारण देखाउँदै नेशनल डिफेन्स कोर्सका लागि कोटा पठाएको छैन् । बाँकी सातदेशले आफ्नो नियमित कोटामा नेपाली सैन्य अधिकारीहरुलाई कोर्स गराइरहेको छ ।
सैनिक मुख्यालय स्रोतका अनुसार यसपटक अमेरिकामा महासेनानीद्धय मनोज थापा र द्रब्य भण्डारीले नेशनल डिफेन्स कोर्स गरिरहेका छन् । उनीहरु यसैबर्षको सुरुवातमै त्यसतर्फ गएका हुन् ।
यस्तै बेलायतमा सहायक रथी दिपेश जंग शाह कोर्स गरिरहेका छन् । उनी २९ बेसिकका सैन्य अधिकारी हुन् । सहायक रथी मधुकरजंग कार्की अघिका यी अधिकारी समेत सेनाको उच्च तहमा पुग्ने अधिकृतका रुपमा लिइन्छ ।
यस्तै भारतमा महासेनानीहरु पूर्ण खत्री, पवन खत्री, सोवेन्द्र महत र प्रकाश थापाले नेशनल डिफेन्स कोर्स गरिरहेका छन् । पाकिस्तानमा महासेनानीद्धय प्रकाश थापा र शक्तिजंग बस्नेत र बंगलादेशमा महासेनानी राजेन्द्रमणि गिरीले नेशनल डिफेन्स कोर्स गरिरहेका छन् ।
पछिल्लो पटक थपिएको केन्याको कोटामा महासेनानी जगत पौडेल र नाइजेरियामा महासेनानीद्धय मनोज बैद्य र लिला खनालले नेशनल डिफेन्स कोर्स गरिरहेका हुन् ।
सैनिक मुख्यालय जंगी अड्डाले लिने परिक्षामा मेरिट लिस्ट अनुसार क्रमसंख्यामा अघि हुनेबाट देश अनुसार नेशनल डिफेन्स कोर्समा पठाउने निर्देशिका बनेको छ । सोही अनुसार यसवर्षका लागि डिफेन्स कोर्सका लागि सैन्य अधिकारीहरुको छनौट भएको हो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit